News Category 2078/12/08
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. २ का नवनिर्वाचित क्षेत्रीय समितिका पदाधिकारीहरुको मंगलबार पदस्थापन गरिएको छ ।
दोस्रो पटक पुनः जिम्मेवारी पाएका नवनिर्वाचित क्षेत्रीय सभापति महानन्द प्रसाद यादवलाई केन्द्रीय सदस्य दिनेशकुमार यादवले प्रमाणपत्र विवरण गर्दै पदस्थापन गराए ।
केन्द्रीय सदस्य यादवले पार्टीभित्र भएको आन्तरिक चुनावलाई ‘लोकतन्त्रको अभ्यास’ को संज्ञा दिँदै यसमा कसैको हारजित नभई कांग्रेसको जित भएको बताए ।
यस्तै जिम्मेवारी ग्रहन गर्दै क्षेत्रीय सभापति यादवले अबको लक्ष्य स्थानीय तहको निर्वाचन रहेको बताए । कांग्रेस कार्यकर्ता एकजुट भएर लागेमा सप्तरीका १८ मध्ये दुई तिहाई स्थानीय तह कांग्रेसले नै जित्ने दाबी गरे ।
उपसभापति महेन्द्र यादव, श्याम यादव, सचिव मनोज माझी, विष्णुदेव यादव, सहसचिव दिपक चौधरी, पुनमकुमारी साह तथा अन्य सदस्यहरुलाई भने नवनिर्वाचित क्षेत्रीय सभापति यादवले पदस्थापन गराए ।
कार्यक्रममा कांग्रेसका पूराना नेता विरबल विराजी, नवनिर्वाचित जिल्ला सभापति रामदेव साह, क्षेत्र नम्वर १ का सभापति ललनप्रसाद गुप्ता, प्रदेश क का सभापति महेन्द्र यादव, प्रदेश ख का सभापति श्याम यादव, महाधिवेशन प्रतिनिधि रन्धिर कर्ण, युवा नेता किरण भगत, अमिर झा, फत्ते मोहम्मद, निर्वाचन समितिका प्रतिनिधि संतोश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ