News Category 2078/12/13
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
राजविराजमा जारि चौथो मेयर कप सप्तरी प्रिमियर लिगको आइतबारको खेलमा बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी भएका छन् । बजाजले टिभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गरेको छ भने राजविराज द किंग्सले राजविराज ब्रदर्शलाई ३० रनले पराजित ग¥यो ।
सम्पन्न पहिलो खेलमा बजाज वारियर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतीमा १ सय ३९ रन मात्र बनायो ।
टिभीएस किंग्स राजविराजको ब्याटिंगमा ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाएता पनि जित्न प्रयाप्त रहेन । उक्त खेलको प्लेयर अफ द म्याच समेत चुनिएका बजाज खडक वारियर्सका बलर सर्वन यादवले ३ तथा गोमानन्द अमात्य र अरनिको यादवले २÷२ विकेट लिए ।
टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । खडक वारियर्सको लागि मुकुन्द यादवले सर्वाधिक ३३ रन, सर्वन यादवले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोबिन सिंहले समान १९ रन योगदान दिए । टिभीएस किंग्स राजविराजका बलर पप्पु यादवले सर्वाधिक ३ विकेट, बिशाल सुश्लिंगले २ विकेट तथा भुलावन सहानी, पप्पु यादव र महबुब आलमले १÷१ विकेट लिए ।
यस्तै दोश्रो खेलमा राजविराज द किंग्सले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ब्रदर्शले १८.२ ओभरमा १ सय २१ रन मात्र बनायो । ब्रदर्शको ब्याटिंगमा निरज कुमार यादवले सर्वाधिक २७, प्रशान्त सिंहले २४ , विकास दास र अमित यादवले १६÷१६ तथा अनुज चुनाराले १५ रन बनाए । द किंग्सका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, फिर्दोश अन्सारीले २ विकेट तथा रोहितकुमार सिंह र अनिल यादवले १÷१ विकेट लिए ।
टस जितेर ब्याटिंङ गरेको राजविराज द किंग्सले २० ओभरमा ८ विकेट क्षतीमा १ सय ५१ रन बनाएको थियो । उसको लागि फिर्दोश अन्सारीले सर्वाधिक ४०, रुपेश कुमार सिंहले ३०, सन्तोष कार्कीले २९ तथा चित्रबहादुर बिस्टले १५ रन योगदान दिएका थिए । राजविराज ब्रदर्शका बलर अनुज चुनारा, दिपेश कंडेल र अजय यादवले २÷२ विकेट तथा पार्थिव यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच फिर्दोश अन्सारी घोषित भए ।
जितपछि राजविराज द किंग ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंकको साथ अंक तालिकाको शिर्षमा छ । समान नतिजापछि नेट रन रेटमा पछि पर्दै टिभीएस किंग्स राजविराज र बजाज खडक वारियर्स दोश्रो र तेश्रो स्थानमा छ । तिन वटै खेलमा हारपछि राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ