News Category 2078/12/21
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
राष्ट्रिय कृषि गणना २०७८ को जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठी सोमबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला कृषि गणना कार्यालय सप्तरीको आयोजनामा आयोजित गोष्ठीमा कृषि गणना कार्यालयका प्रमुख संजयकुमार चौधरीले जिल्लाको १८ वटै स्थानिय तहमा ३ सय २२ वटा गणना क्षेत्र निर्धारण गरिने जानकारी दिए । उनले निर्धारण गरिने क्षेत्रका लागि ३४ जना सुरपरिवेक्षकसहित १ सय ३४ जना गणकलाई तथ्याङ्क संकलन गर्न खटाइने बताए ।
प्रमुख चौधरीले यही चैत २५ गतेदेखी बैशाख ५ गतेसम्म सुपरिवेक्षक र गणकलाई तालिम दिई बैशाख ६ गतेदेखी तथ्याङ्क संकलनका लागि पालिकाहरुमा खटाइने जानकारी समेत दिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा आयोजित गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ