News Category 2078/12/21
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
राजविराज ५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यायलयले सोमबार दाताहरुको नामाबली भएको शिलालेखको अनावरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा विद्यायलयको सम्पुर्ण आय व्यय समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा विद्यायलका लेखापाल बब्बन कुमार मिश्रद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷०७९ को फागुनमसान्त सम्मको अवधिमा उक्त विद्यालयले विभिन्न दातू निकाय, कार्यालय, संघ, संस्था, व्यक्ति र शुल्क बापत २ करोड ४९ लाख ७२ हजार एक सय २४ रुपैया आम्दानी गरेको उल्लेख छ ।
उक्त अबधिमा शिक्षक र कमर्चारीको तलब तथा विभिन्न शैक्षिक गतिविधिमा भएको खर्च घटाएर ८६ लाख ९ हजार ५ सय ६५ रुपैयाँ कोषमा वचत मौज्दात रहेको लेखापाल प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
दाताहरुको सहयोगको सदुपयोग गर्दे विद्यायलयको शैक्षिक गतिविधिलाई अब्बल बनाउनुका साथै विद्यालयकोषमा उत्साहजनक रकम वृद्धि गर्न सफल भएकोमा विद्यालयका प्रधानाअध्यापक अरुण कुमार झालाई धन्यवाद र बधाई दिदै कार्यक्रका प्रमुख अतिथी दातामध्येका एक समरजित सिंहले विद्यालयको अहिलेको अवस्था हेर्दा दाता परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिए ।
कार्यक्रमा दाताहरुको नामाबली लेखिएको शिलालेख अनावरण पछि संस्थापक दाता स्व. बिन्देश्वरी प्रसाद सिंह, स्व. रामदयाल मुन्धडा, स्व. डम्बर नारायण चौधरी, स्व. गोपीकृष्ण काबरा, स्व. उमाकान्त लाल दास, स्व. हरिनन्दन प्रसाद सिंह, स्व. गोबिन्द राम रुंगटा, स्व. कपलेश्वर झा र स्व. कुशेश्वर झाका परिवारलाई सम्मान गरिएको थियो ।
प्रधानाअध्यापक झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख शाधना झा, पुर्व नगरप्रमुख गोबिन्द सिंह, पुर्व प्रअ जितेन्द्र देव, हरिनरायण देव, मिना ठाकुर लगायतले शुभकामना दिए ।
एक हजार ६ सय विद्यार्थी रहेको उक्त विद्यायलयले कक्षा १२ सम्मको पढाइका साथै दृष्टीबिहिन श्रोत कक्षा समेत सञ्चालन गर्दे आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ