News Category 2078/12/29
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग र राजविराज नगरपालिकाद्वारा आयोजित घटना दर्ता सप्ताहा अन्तरगत मंगलबार प्रभातफेरी सम्पन्न भएको छ ।
प्रभातफेरी कार्यक्रममा राजविराजका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । राजविराज नगरपालाका परिसरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरेको थियो । प्रभातफेरी पश्चात् पुनः राजविराज नगरपालिका परिसरमा पुगेको प्रभातफेरी कार्यक्रममा परिणत भएको थियो ।
राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख सम्पूर्ण कर्मचारी विपदका कर्मचारी सरसफाईका कर्मचारी हरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभागद्वारा २०७९ वैशाख १ गतेदेखि ७ गतेसम्म घटना दर्ता सप्ताह मनाउने विभागिय निर्देशन अनुरुप उक्त प्रभातफेरीको आयोजना गरीएको थियो ।
घटना दर्ता सम्ब्न्धी कार्य थप प्राथमिकताका साथ गरिने राजविराज नगरपालिकाको प्रशासकीय अधिकृत यादवले जानकारी दिए । जन्म, मृत्यु, विवाह सम्वन्ध विच्छेद र वसाई सराई जस्ता घटना दर्ता अन्य दिनको तुल्नामा विशेष प्रथमिकताका साथ गरिने उनले बताए ।
ती घटना दर्ताका साथै सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहिले समेत आफ्नो निवेदन दर्ता गराउने सकिने उनले जानकारी दिए । घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी केहि गुनासो भए जानकारी गुनासो दर्ता गर्न समेत सकिने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ