News Category 2071/06/13
प्रजिअ यादवद्धारा स्थायी शान्तिको कामना
दैनिक संवाददाता
राजविराज, १२ असोज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा शुभकामनाका साथै मुलुकमा स्थायी शान्तिको कामना गर्नुभएको छ ।
कर्मचारी मिलन केन्द्र राजविराजको आयोजनामा आईतबार आयोजित विजयादशमी, तिहार र छठ पर्व २०७१ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो कामना व्यक्त गर्नुभएको हो ।
एक अर्को प्रसङ्गमा उहाँले कर्मचारीहरुको भवन रकम अभावमा जिर्ण रहेकोमा चिन्ता ब्यक्त गर्नुहुदै कर्मचारी मिलन केन्द्रलाई उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, स्थानीय विकास अधिकारी सुरेश राउत, पुर्व कर्मचारी रामनरेश सिंह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमार दास यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, पत्रकार शुभ नारायण यादव, केन्द्रका सचिव तथा उद्योग अधिकृत रघुवर साह, मानवअधिकार हुर्क नेपालका अध्यक्ष पार्थो सरकार लगायतका बक्ताहरुले वडा दशै, दिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा जिल्लामा नवआगन्तुक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, डिएसपी केदार ढाकाल र स्थानीय विकास अधिकारी सुरेश राउतलाई सम्मान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ