News Category 2079/01/12
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी मनोनयन पत्र दर्ता गराउन सोमबार दोश्रो तथा अन्तिम दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपुर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले शक्ती प्रर्दशन सहित आ–आफ्नो दलका उम्मेदवारको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन ।
राजविराज नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट मो.इरसाद अन्सारी र उप–प्रमुखमा शुशिला यादवले उम्मेदवारी दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविणले उम्मेदवारी दर्ता गराए ।
जनता समाजवादी पार्टीबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका यादव गत स्थानीयतहको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार शम्भु प्रसाद यादवसँग १४ मतले पराजित भएका थिए । राजपाबाट उम्मेदवार भई जितेका शम्भु यादव भने यस पटक नेकपा माओवादी केन्द्रमा प्रवेश गरी पुनः त्यही पदमा उम्मेदवारी दिएका छन । सो पार्टीबाट उपप्रमुखमा प्रमिला साहको उम्मेदवारी परेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि पहिलो पटक राजविराज नगरपालिकामा आफ्नो उम्मेदवार उभ्याएको छ । उक्त पार्टीबाट प्रमुख पदमा ममता झा र उप प्रमुख पदमा साधना दासको उम्मेदारी परेको छ । प्रमुख र उपप्रमुख दुबै पदमा महिला उम्मेदवार प्रस्तुत गर्ने जनमत जिल्लामा मै पहिलो पार्टी बनेको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा अनिल झा र उपप्रमुख पदमा सशिला कुमारी देवको उम्मेदवारी परेको छ ।
नेकपा एकिकृत (समाजवादी)को तर्फबाट नगर प्रमुख पदमा नथुनी दास र उपप्रमुख पदमा ममता चौधरीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै जनता प्रगतिशील पार्टीबाट नगर प्रमुखमा अशोक साह र उपप्रमुखमा रञ्जु यादवको उम्मेदवारी परेको छ ।
राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी राप्रपा र लोसपाका उम्मेदवारले अघिल्लो दिन नै उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीका अनुसार लोसपाबाट प्रमुख पदमा दिपेन्द्र चौधरी, उपप्रमुखमा साधना झा तथा राप्रपाबाट नगर प्रमुख पदमा उमेश प्रसाद साह र उपप्रमुखमा सरिता झाको उम्मेदवारी परेको छ ।
यस्तै जिल्लाको ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ स्थानीय तहमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुबाट उत्साहपुर्वक तथा शान्तिपुर्ण ढंगले मनोनयन कार्य भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ