News Category 2079/01/12
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी मनोनयन पत्र दर्ता गराउन सोमबार दोश्रो तथा अन्तिम दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपुर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले शक्ती प्रर्दशन सहित आ–आफ्नो दलका उम्मेदवारको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन ।
राजविराज नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट मो.इरसाद अन्सारी र उप–प्रमुखमा शुशिला यादवले उम्मेदवारी दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविणले उम्मेदवारी दर्ता गराए ।
जनता समाजवादी पार्टीबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका यादव गत स्थानीयतहको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार शम्भु प्रसाद यादवसँग १४ मतले पराजित भएका थिए । राजपाबाट उम्मेदवार भई जितेका शम्भु यादव भने यस पटक नेकपा माओवादी केन्द्रमा प्रवेश गरी पुनः त्यही पदमा उम्मेदवारी दिएका छन । सो पार्टीबाट उपप्रमुखमा प्रमिला साहको उम्मेदवारी परेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि पहिलो पटक राजविराज नगरपालिकामा आफ्नो उम्मेदवार उभ्याएको छ । उक्त पार्टीबाट प्रमुख पदमा ममता झा र उप प्रमुख पदमा साधना दासको उम्मेदारी परेको छ । प्रमुख र उपप्रमुख दुबै पदमा महिला उम्मेदवार प्रस्तुत गर्ने जनमत जिल्लामा मै पहिलो पार्टी बनेको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा अनिल झा र उपप्रमुख पदमा सशिला कुमारी देवको उम्मेदवारी परेको छ ।
नेकपा एकिकृत (समाजवादी)को तर्फबाट नगर प्रमुख पदमा नथुनी दास र उपप्रमुख पदमा ममता चौधरीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै जनता प्रगतिशील पार्टीबाट नगर प्रमुखमा अशोक साह र उपप्रमुखमा रञ्जु यादवको उम्मेदवारी परेको छ ।
राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी राप्रपा र लोसपाका उम्मेदवारले अघिल्लो दिन नै उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीका अनुसार लोसपाबाट प्रमुख पदमा दिपेन्द्र चौधरी, उपप्रमुखमा साधना झा तथा राप्रपाबाट नगर प्रमुख पदमा उमेश प्रसाद साह र उपप्रमुखमा सरिता झाको उम्मेदवारी परेको छ ।
यस्तै जिल्लाको ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ स्थानीय तहमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुबाट उत्साहपुर्वक तथा शान्तिपुर्ण ढंगले मनोनयन कार्य भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ