News Category 2071/06/22
ग्रामिण भेगमा अवैध मदिरा व्यापार फस्टाउ“दै, कार्बाही गर्ने निकाय मौन
शुभनारायण यादव
राजविराज, २० असोज ।
चाडपर्वको समयमा सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा अवैध मदिराको प्रयोग बढ्दै गएको छ ।
मदिरा प्रयोगकै कारण शान्ति सुरक्षामा खलल पु¥याउँनुका साथै जनस्वास्थ्यमा समेत उतिकै असर पुर्याउँने भए पनि यसको प्रयोग भने दिनप्रतिदिन बढ्दै गएको छ । सप्तरी जिल्लाका प्रमुख बजार र आसपासका क्षेत्रमा अबैध मदिराको व्यापार मौलाउँदै गएको छ ।
गुणस्तर चिन्ह प्राप्त मदिराको व्यापार त अलग्गै छ । राज्यले कर असुलेर बिक्री वितरण गर्न दिएकै छ । तर विभिन्न अखाद्यय वस्तुको प्रयोग गरेर जिल्लाका बजारमा घरेलु मदिरा खुल्लमखुल्ला उत्पादन र बिक्री वितरण पनि बढिरहेको छ ।
प्रहरीका अनुसार सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको ग्रामिण भेगका बजारहरु रुपनी, कठौना, कल्याणपुर, खर्चुहिया, कडरबोना, बदगामा, महुली, सितापुर, रुपनगर, भारदह, कंचनपुर, पातो, मानराजा, सखडा सहितका विभिन्न ग्रामिण भेगका बजार र शहरोन्मुख क्षेत्रमा घरेलु मदिराको अबैध उत्पादन र बिक्री वितरण भइरहेको पाइएको छ ।
जिल्लाका सदरमुकाम राजविराजका साथै विभिन्न ग्रामिण भेगका चौक चौकहरुमा अवैध मदिरा पसल खुल्ने क्रम दिन प्रतिदिन बढेका कारण गाउँघरमा युवाहरु पनि अहिले मदिरा सेवन गर्नेतर्फ आक्रषित भईरहेपति त्यसलाई नियन्त्रण गर्ने तर्फ स्थानीय प्रशासन तथा सम्बन्धित निकाय मौन बसेको सरोकारबालाहरुले आरोप लगाएका छन ।
अहिले सप्तरी सदरमुकाम राजविराज ५ स्थित पानी टंकी रोड, वडा प्रहरी कार्यालय अगाडी राजविराज ७ स्थित सप्तरी कारागार, राजविराज नगरपािलका ९ स्थित राजदेवी चौक, तेतरी गाछी लगायतका स्थानहरुमा खुल्लेआम घरेलु मदिरा विक्रि वितरण भईरहेको छ ।
अहिले नगरको विभिन्न क्षेत्रमा हजारौं लिटर अबैध मदिरा उत्पादन हुने गरेका छन् । लगानी कम तर फाइदा ठिकै हुने भएकाले घरेलु मदिराको व्यापार चौतर्फी बढेको स्थानीय जानकारहरु बताउँछन ।
होटल व्यवसायी समितिले कानुन विपरीतका गतिविधि रोक्ने राज्यको काम भएकाले अबैध मदिरा उत्पादन र बिक्री वितरण रोक्ने काममा राज्यलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरुको कथन छ ।
गत वर्षमा चाडपर्वको बेला बजार अनुगमन गरेपछि अवैध मदिरा नियन्त्रणमा आएपनि यस वर्ष अहिले सम्म अख्तियारी नआएका कारण वडा दशै जस्तो ठुलो चाडपर्वमा पनि बजारको अनुगमन हुन नसकेका कारण अवैध मदिरा बिक्रि वितरणमा बृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका उद्योग अधिकृत रघुवर साहको भनाई छ ।
अधिकृत साहले सप्तरीमा वर्षेनी सदरमुकाम राजविराज भन्दा बढी जिल्लाको ग्रामिण भेगहरुमा मदिरा पसल संचालनको अनुमति लिईने गरेपनि अनुमति लिईने भन्दा बढी बिना अनुमतिकै मदिरा पसलहरु संचालनमा रहेको छ । तर यसलाई नियन्त्रण गर्नका लागि आफुहरुसित मेनपावर अर्थात सुरक्षाकर्मी नभएकाले नियन्त्रण गर्नमा समस्या भईरहेको उहाँले बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ