News Category 2071/06/23
डा. राउतको रिहाईको माग गर्दै प्रदर्शन तथा बिरोध सभा
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
डा. सिके राउतको रिहाईको माग गर्दै बुधबार राजविराजमा प्रर्दशनका साथ बुधबार बिरोध सभा सम्पन्न भएको छ ।
सम्पन्न बिरोध सभामा वक्ताहरुले अभिव्यक्ति स्वतन्त्रतालाई हनन् गर्दै राज्य पक्षले डा. राउतलाई पक्राउ गरेको प्रति मधेशी जनतामाथी निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।
सभामा वक्ताहरुले राज्य पक्षले विगतदेखी वर्तमानसम्म मधेशी जनतासँग विभेद मात्र गरेको बताउँदै एक पटक मधेशमा फेरी विगुल फुक्नुपर्ने बताए ।
सभामा सम्बोधन गर्दै सहभागि बक्ताहरुले जबसम्म मधेशको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चितता नभएसम्म मुलुकमा संविधान जारी हुन नसक्ने जिकिर गरे ।
सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित विरोध सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, पूर्व सभासद् महेश यादव, ब्रहम नारायण ईसर, देव नारायण प्रमाणी, निरज मुक्ति, चन्द्र नारायण यादव, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मधुसुदन यादव, सद्भावना पार्टीका युवा नेता दिनेश कुमार यादव, मधेशी जनअधिकार फोरमका उपेन्द्र साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका धनेश्वर मण्डल, बलराम यादव, विद्यार्थी मंचका शम्भु यादव, संघीय सद्भावना पार्टीका जागेश्वर राय, समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कमानन्द माझी, सावृत्रि पण्डित, मधेश मुक्ति टाईगर्सका भोला प्रसाद मुखिया, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्याम सुन्दर यादव लगायतका बक्ताहरुले डा. सिके राउतको रिहा नभएसम्म मधेशमा आन्दोलन नरोकिने बताउँनुभयो ।
सो बिरोध सभामा जिल्ला भरिका करिब तीन हजार जनसहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ