News Category 2079/03/14
माओवादी केन्द्र सप्तरीमा कोही पनि अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
नेकपा (माओवादी केन्द्र) सप्तरीमा हाल कोही पनि अध्यक्ष नरहेको सो पार्टीले जनाएको छ ।
सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल (अमर) ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सो जानकारी गराएका हुन् ।
केन्द्रिय सदस्य समेत रहेका इन्चार्ज मण्डलले विज्ञप्तिमार्फत अध्यक्ष पद रिक्त नै रहेकाले सत्तारुढ दलका गठबन्धनमा रहेका अन्य दललाई समेत कुनै बैठक वा छलफल गर्नुपरे सोझै जिल्ला इन्चार्जको हैसियतमा रहेको आफूसँग समन्वय र छलफल गर्न अनुरोध गरेका छन् ।
हालै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा आफूलाई नेकपा (माओवादी केन्द्र) को अध्यक्ष भनेर पार्टीभित्र कुनै छलफल नै नगरि एक व्यक्तिले एकलौटी ढंगले उम्मेदवारी घोषणा गर्न लगाएको, गठबन्धनको नीति र सहमति विपरित काम गरेको र निर्वाचन परिणाम आएपछि सत्तारुढ गठबन्धन भित्रका दलहरुको नेतृत्वप्रति सामाजिक संजालमार्फत अभद्र टिकाटिप्पणी र गालीगलौज जस्ता अमर्यादित क्रियाकलापप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ