News Category 2079/03/19
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा कडाई र नियन्त्रण गर्न माग
दैनिक समाचारदाता
राजबिराज, १९ असार ।
विश्वहिन्दु परिषद सप्तरीले विभिन्न वहानामा नेपाल पसेको रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक नेपालको आन्तरिक सुरक्षाका निम्ती खतराको संकेत भएको भन्दै उनीहरुको प्रवेशमा कडाई र नियन्त्रण गर्न माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आइतबार एक ज्ञापन पत्र बुुझाउँदै परिषदले यस्तो माग गरेको हो ।
प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा देशको सास्कृतिक पहिचानलाई खलल पु¥याउने त्यस्तो व्यक्ति र समुहलाई गैर कानुनी रुपमा नेपाल प्रवेशमा सघाउने र संरक्षण दिनेमाथी समेत कडा निगरानी र कारवाही गर्न माग गरिएको छ ।
मानवताका लागी चुनौतीपुर्ण मानिएको यस प्रकृतिका समुह र संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य बाहिर आएको छ, ज्ञापन पत्रमा उल्लेख गर्दै भनिएको छ “यसलाई इस्लामिक समुह र संगठनकै प्रभाव र प्रयासमा नेपालमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाको उल्लेख्य प्रवेशले सुरक्षा चुनौती समेत बढेको देखिन्छ ।”
ज्ञापनपत्रमा मदरसा विधेयकलाई राष्ट्रघाती र मानवता विरोधीको संज्ञा दिदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ ।
परिषदका अध्यक्ष रामकिसुन साहका साथै लोकेन्द्र झा, कार्तिक चौधरी, दिलिप साह लगायत पदाधीकारी सम्मिलीत टोलीद्वारा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रालयलाई समेत बोर्धाथ दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ