News Category 2071/06/26
महाकविद्वय देवकोटा र विद्यापतिको जयन्ति मनाइने
राजविराज÷सगरमाथा अंचलकै जेठे साहित्यिक संस्था सगरमाथा साहित्य परिषद्ले आगामी कात्तिक १ गते शनिबार राजविराजमा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा र विद्यापति जयन्ति एकै साथ मनाउने निर्णय गरेको छ ।
राजविराजस्थित पवि उच्च माविमा शनिबार सम्पन्न परिषद्को प्रथम पूर्ण बैठकले महाकविद्वयको जयन्तिका अवसर पारेर साहित्य गोष्ठी र पदस्थापन समारोह गर्ने निर्णय गरेको परिषदका सचिव नन्दलाल आचार्यले जानकारी दिनुभयो ।
वि. सं. २०४४ साल कात्तिक २५ गते स्थापित परिषद्को लामो समयपछि गत असोज ११ गते सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति र सल्लाहकार समिति निर्वाचित गरेको थियो ।
यसैगरी वैठकले रिक्त रहेको सदस्य पदमा ओखलढुङ्गाका बिजयकान्त धमलालाई मनोनित गरेको छ । वैठकले विभिन्न साहित्यकारहरुको जयन्ति, दिवस, चाड र अवसरहरुमा साहित्यिक कार्यक्रम गर्ने, सदस्यता र संगठन विस्तार गर्ने, संस्थागत विकास र कार्यालय व्यवस्थापन गर्ने लगायतको वार्षिक कार्ययोजना समेत पारित गरेको छ ।
परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा सल्लाहकारहरु अनिल कुमर अनल, मन्जु श्रेष्ठ, मीना ठाकुर, शिवहरि भट्टराई र आमन्त्रित सदस्यहरु मोहन उपाध्याय, गणेशलाल देव, व्यासशंकर उपाध्याय र करुणा झाको उपस्थिति रहेको थियो ।
वैठकमा अध्यक्ष, सचिवसहित उपाध्यक्ष साधना झा, सहसचिव अजयकुमार झा, सदस्यहरु श्यामसुन्दर यादव, सागर बीर कडारी, खिलानाथ गौतम, इन्द्र बहादुर थापा, शिवकान्त सुमनको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ