News Category 2079/04/16
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी दास सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
यस वर्षको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी एवं पूर्व प्रधानाध्यापक हितनारायण लाल दास सम्मानित भएका छन् ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीद्वारा सोमबार आयोजित ३० औं प्रकाश स्मृति दिवसको अवसर दासलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
शिक्षा, समाजसेवा, शसक्तिकरण तथा समाज उत्थानमा र चेतना अभिबृद्धिमा योगदान पु¥याए वापत उनलाई सम्मानित गरिएको हो ।
कोषका संस्थापक बैजनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णले संयुक्त रुपमा दोसल्ला, कदरपत्र तथा नगद पुरस्कारबाट दासलाई सम्मान गरे ।
लामो समयदेखी समाज उत्थानमा योगदान गरेका ७३ वर्षिय दासको उच्च मुल्याङ्कन गर्दै सो सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
संस्थापक अध्यक्ष झाको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा सम्मान समारोहमा मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, मधेश प्रदेश नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ