News Category 2071/06/26
राष्ट्रपतिको अभिव्यक्ति प्रति नेसपा गजेन्द्रवादीको आपत्ति
राजविराज÷नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले एक विज्ञप्ती प्रकाशन गरी राष्ट्रपति डा. रामवरण यादवले राजधानीमा सम्पन्न एक कार्यक्रममा भावी संविधानमा संघीयताको स्वरुप निर्धारण गर्दा उत्तर दक्षिणको आधारमा हिमाल, पहाड र तराई मिलाएर प्रदेशको निर्धारण हुनुपर्ने भनाईप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघीयता र अखण्ड मधेश नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउँने एक मात्र र निर्विकल्प सुत्र रहेको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको ठहर छ ।
हस्ताक्षरित विज्ञप्तीमा ईतिहासमा राजा महेन्द्रद्वारा मधेशको शोषण र दोहन तथा पहाडको पोषण र विकास गर्ने पहाडी समुदायको अप्रशासन मधेशमा गराई मधेशको प्राकृतिक श्रोत साधनमाथि पहाडीहरुको प्रभुत्व स्थापित गर्ने तथा मधेशी समुदायको राजनीतिक र प्रशासनिक लगायतका प्रभावहरु उसकै भुमिमा न्युन गर्ने नीति र नीयतले विकास क्षेत्र, अंचल लगायतका प्रशासनिक संरचनाको निमार्ण भएको स्पष्ट पारेको छ ।
यस्तो घोर विभेदकारी र हरतरले असमान, अव्यवहारिक र अवैज्ञानिक समेत सिद्ध भईसकेको महेन्द्रवादी संरचनालाई परिवर्तनका लागि नै मधेशी जनताले संघीयता र अखण्ड मधेशको माँग गर्दै आएको र त्यसका लागि संघर्ष र बलिदानी गर्दै आएको जनाएको छ ।
तसर्थ राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन ब्यक्तिले राष्ट्रिय एकता अखण्डतालाई कमजोर बनाउँने खालको संघीयता सम्बन्धित धारणाले अविष्यमा अलग मधेश निमार्ण गर्ने आधारशिला तय गर्ने निश्चित रहेको जनाउँदै कुनै पनि वहाना र कारणमा मधेशलाई ण्डित तुल्याउँने दुष्साहस नेपाली राज्य सत्ताबाट नहोस अन्यथा यसले अकल्पनीय द्वन्द्वको परिस्थितिदेशमा हुने चेतावनी विज्ञप्ती मार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ