News Category 2071/06/27
डा. राउतको रिहाईको माग गर्दै बिरोधका कार्यक्रम सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २६ असोज ।
डा. सिके राउतको रिहाईको माग गर्दै डा. सिके राउत रिहाई एवं जिवन रक्षार्थ संघर्ष समिति सप्तरीले विभिन्न बिरोध सभा कार्यक्रमको घोषणा गरेको छ ।
संघर्ष समितिका संयोजक सुरेन्द्र मधेशीद्वारा आइतबार जारि विज्ञप्तिमा डा. राउतलाई राज्यले पक्राउ गरि विशेष अदालतमा विप्लप मुद्दा दर्ता गरेको प्रति अविलम्ब सो मुद्दा फिर्ता लिन सरकारसँग माग गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरि सम्पुर्ण मधेशी जनतालाई सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ ।
सोही विज्ञप्तिमा पत्रकार श्यामसुन्दर यादवमाथी प्रहरीले गरेको दुरव्यबहारप्रति घोर भत्र्सना गर्दै प्रहरीको क्रियाकलाप मधेशी बिरोधी भएको ठहर गरिएको छ । विज्ञप्तिमा शनिबार बारा जिल्लाको हरिपुर गाविसमा सडक निर्माणका लागि गरिएको आन्दोलनका क्रममा प्रहरी र स्थानियवासीबीच भएको झडपमा प्रहरीको गोली लागि एक व्यक्तिको मृत्यु भएकोमा घटना अलोकतान्त्रिक भएको ठहर गरिएको छ ।
यस्तै विज्ञप्तिमा असोज २८ गतेदेखी कात्तिक ४ गतेसम्म जिल्लाको विभिन्न गाविसहरुमा डा. राउतको रिहाईका लागि बिरोध सभा गर्ने निर्णय भएको जनाइएको छ ।
सोही अनुसार असोज २८ गते बथनाहा, २९ गते छिन्नमस्ता, ३० गते गोइठी, ३१ गते कल्याणपुर, कात्र्तिक १ गते झौहरा, २ गते बरसाईन, ३ गते हनुमाननगर र ४ गते बेल्ही मलहनियाँ कुनौली भन्सारमा बिरोध सभा गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ