News Category 2071/07/05
“पत्रकार र प्रहरी दुवैले आचार सहिंता भित्र रहेर काम गनुपर्छ” भारतीय लगानीको काम सम्पन्न हुन नसकेको बारे अख्तियारद्वारा छानबिन सुरु ः प्रजिअ यादव
दैनिक संवाददाता
राजविराज, ४ कात्तिक ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले पत्रकार र प्रहरीबिच नङ्ग र मासुको सम्बन्ध रहेकोले आचार सहिंता भित्र रहेर दुवै पक्षले काम गनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा आयोजित पत्रकार आचार सहिंता र सुरक्षा विषयक सरोकारबालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्रकारहरुले फोटो खिच्ने सम्बन्धमा पत्राचार गरिसकेको जानकारी दिदै मिडियालाई सत्यतथ्य जानकारी बाहिर ल्याउँन कसैले पनि रोक्न नसकने बताउनुभयो ।
सोही सन्दर्भमा प्रजिअ यादवले भारत सरकारको लगानीमा जिल्लामा एक दशकदेखी सम्पन्न हुन नसकेको विकासीय कामहरुप्रति केन्द्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको प्रक्रिया अगाडी बढाइसकेको खुलासा गर्नुभयो ।
यस्तै उहाँले साउन १ गते देखि भ्रष्टाचार सम्बन्धि समाचार सम्पे्रशन भएको छ भने त्यसलाई अझ प्रष्टयाएर सम्प्रेशन गर्न संचारकर्मीलाई आग्रह गर्नुभयो । जिल्लामा रहेको पत्रपत्रिका अनुमगन समितिलाई कागजमा सिमित नरहेर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले सो समितिलाई प्रत्येक महिना कम्तिममा २ वटा कार्य प्रगति विवरण पेश गर्न समेत निर्देशन दिनुभयो ।
सोही कार्यक्रममा सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजका प्रहरी प्रमुख एवं प्रहरी बरिष्ठ प्रहरी उपरिक्षक रमेश भटराईले संचारमाध्यममा आउने भ्रष्टाचार सम्बन्धि समाचारलाई प्रशासनले सकारात्मक रुपमा लिई अनुसन्धान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले मिडिया र प्रहरीको काम सत्यतथ्य सम्प्रेशन गर्नु हो त्यसैले आचार सहिंता भित्र रहेर कामकाज गर्नुपर्ने बताउनुभयो ।
उहाँले कानुन विपरीत कार्य गर्न कसैलाई छुट नरहेको भन्दै सिमामा भईरहेको विभिन्न गतिविधि सम्बन्धि समाचार सम्प्रेशन गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले त्यस्ता समाचारका कारण प्रहरीलाई अपराध मुक्त समाजको निमार्ण गर्न बल पुग्ने दृढता ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा जिल्ला बारका अध्यक्ष कृपानारायण यादव, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, बरिष्ठ पत्रकारद्धय अनिल कुमार अनल, शिबहरी भटराईले पत्रकार र प्रशासन दुवैले आचार सहिताको पालना गरी आ–आप्mनो कार्य गर्न सुझाव समेत दिनुभयो ।
यसअघि संचारकर्मी जितेन्द्र खडगा, राजेश झा, विनय लाल कर्ण, अम्विका दाहाल लगायतकाले पत्रकारहरुको सुरक्षाको सवालमा उपस्थित सुरक्षा निकायका प्रमुखहरुसँग जिज्ञासा समेत राख्नुभएको थियो ।
यस्तै सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाले पत्रकार आचार सहितां बारे र उपाध्यक्ष श्रवण कुमार देवले जिल्लाको पत्रकारिता र पत्रकारहरुको अवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता तथा प्रेस काउन्सील नेपालका सदस्य मुरली प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, जिल्ला हुलाक कार्यालयका प्रमुख दक्ष नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ