News Category 2079/10/12
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरी प्रहरीले विद्युत चुहावट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ भने लागु औषध सम्बन्धी जनचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ । यस्तै प्रहरीले गाँजाको बोटहरु पनि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाको बोदेबरसाइन नगरपालिका, विष्णुपुर गाउँपालिका, छिननमस्ता गाउँपालिका र बलान बिहुल गाउँपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
बिद्युतको पोलबाट हुक लगाएर बिद्युत चुहावट गरेको भन्दै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई बिद्युत नियम बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले लागु औषध सम्बन्धी जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको कंचनरुप नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, सुरुङ्गा नगरपालिका लगायतमा समुदायस्तरमा उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।
यसैगरि प्रहरीले जिल्लाको राजगढ गाउँपालिका ३ स्थित सुब्बा यादव र भागवत यादवको घरमा लगाइएको लागु औषध गाजाको ६५ वटा बोट फडान गरि आगो लगाई नष्ट गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ