News Category 2079/12/03
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
राजविराज नगरपालिकाले विपद् व्यवस्थापन बारेमा वडा स्तरबाटै पूर्व सुझाव संकलन कार्यको सुरुवात गरेको छ ।
आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति निर्माण तथा बजेटमा विपद् व्यवस्थापन सम्बन्धी योजना समावेश गर्नु पूर्व यसरी सुझाव संकलन कार्य शुक्रबारदेखी वडा नं. ४ बाट सुरु गरिएको हो ।
वडा अध्यक्ष दिनेश कुमार साहको अध्यक्षतमा आयोजित विपद् व्यवस्थापन तथा न्युनिकरण सम्बन्धी भेला तथा छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा ज्येष्ट नागरिकहरुले ३० वर्ष पहिलेको विपद्को अवस्था र त्यसपछि हालसम्मको अवस्था बारे तुलनात्मक सुझावहरु दिएका थिए ।
राजविराज नगरपालिकाबाट सहजकर्ताको रुपमा खटिएका रबिन्द्र साह र रन्जिता यादवले विपद् व्यवस्थापन सम्बन्धी नीति निर्माण गर्दा विगतका अनुभव र वर्तमानको अवस्था बुझ्न आवश्यक ठानेर यसरी सबै वडामा पुगि राय सुझाव संकलन थालिएको बताए ।
कार्यक्रममा सहभागिहरुले विगतको तुलनामा अहिले बस्तीहरु अत्याधिक बढेपनि बाटोघाटोको अभावमा अहिले पनि विपद्का बेला कतिपय गाउँ टोलमा एम्बुलेन्स, बारुणयन्त्र लगायतका सवारीसाधन पुग्न नसक्दा बढी क्षति हुने गरेको धारणा राख्दै यसतर्फ आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
यस्तै विपद्का बेला नियन्त्रण गर्न श्रोत साधनको अभाव र विस्थापितहरुलाई आश्रयका लागि भवन नहुँदा समस्या हुने गरेकाले वडा कार्यालयहरुलाई विपद् जोखिम न्युनिकरण र नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्रिहरुले सुसज्जित बनाउनुका साथै प्रत्येक वडामा एउटा व्यवस्थित सामुदायिक भवन निर्माण गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका छन् । कार्यक्रममा सितलहर, बाढी, आगलागि लगायतका विपद्बाट हुने भौतिक तथा मानविय क्षतिलाई न्युनिकरण गर्न तथा राहत उद्धार लगायतका कार्य कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरि सुझाव संकलन समेत गरिएको छ ।
कार्यक्रममा समाजसेवी चन्दन चौरसिया, गाणेशकुमार आस, जितनी रजक, अयुब सिद्धिकी, तैयब अन्सारी, प्राध्यापक अजय शुक्ला, वडा सचिव ओमप्रकाश साह, पत्रकार मनोज माझी लगायतले आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ