News Category 2079/12/21
मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए राजिनामा

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्री र राज्यमन्त्रीहरुले राजिनामा दिएका छन् ।
मंगलवार मुख्यमन्त्री सरोज कुमार यादवसमक्ष सामुहिक राजिनामा बुझाएको एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । एमाले मधेश प्रदेशमा २४ सांसद सहित प्रदेशको पहिलो दल रहेको छ ।
नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरू सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए ।
मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए ।
यता मुख्यमन्त्री यादवले अव कांग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागि हुने बताउदै उपनिर्वाचन पछि मात्र उनीहरुलाई कसरी सहभागि गराउने भन्ने विषयमा छलफल हुने बताए ।
बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।
एमालेको राजिनामा पछि खाली भएका मन्त्रालयहरुको जिम्मेवारी प्रदेश प्रमुख हरिशंकर मिश्रले तत्काल मुख्यमन्त्रीले नै सम्हाल्ने गरि जिम्मेवारी तोकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2080/02/18 गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
- 2080/02/18 राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा
- 2080/02/18 विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
- 2080/02/18 स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते
- 2080/02/18 जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन
- 2080/02/18 तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण
- 2080/02/18 धुलोले स्थानियवासीलाई समस्या
- 2080/02/17 दिप प्रज्वलन गरेको दृश्य ।
- 2080/02/17 मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
- 2080/02/17 भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ