News Category 2071/08/24
छाडा पशु चौपायाबाट दश हजार जरिवाना असुली, ५५ सु“गुर मारिए
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका विगत केही समय यता सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले विगत एक साताको अवधिमा नगरको विभिन्न स्थानबाट दर्जनौ पशु चौपायालाई नियन्त्रणमा लिई १० हजार राजस्व असुली गरेको छ ।
शहरमा बढ्दो दुर्घटना तथा शहर कुरुप बन्दै गएको भन्दै राजविराज नगरपालिकाले केही दिन अगाडी सार्वजनिक सुचना प्रकाशन गरी छाडा पशु चौपाया नियन्त्रणका लागि अनुरोध गरेको थियो । सोही अन्तर्गत नगरपालिकाले छाडा गाई वस्तु नियन्त्रण गरी काँजी हाउसमा राखी धनीहरुबाट जरिवाना लिई छाडा पशु चौपायाबापत १० हजार राजस्व असुली गरेको राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँले यसअघि शहरको विभिन्न भागमा हाल सम्ममा ५५ वटा सुगुंर मारिएको तथा दर्जनौ छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिई १० हजार जरिवाना समेत असुल गरेको बताउँनुभयो ।
नियन्त्रणमा लिइएका गाईबस्तुहरु चौपायाधनिले २४ घण्टा भित्र लगे रु. २ सय जरिवाना तिर्नुपर्ने बताउँदै उहाँले सो समय अवधिमा नलगेमा प्रति दिन रु.५० को दर थप जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
नगरमा बढदो सुगुंर व्यवस्थापनका लागि नगरको फोहोर व्यवस्थापन गर्नु जरुरी रहेको नगरपालिका अधिकृत गुरुङ्गको भनाई छ । नगरबासीहरुले आ–आप्mनो घर अगाडी फोहोर नफाली फोहोरलाई डस्टविनमा राखि नगरपालिकाको गाडी गएपछि मात्र त्यसमा फाल्न आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ