News Category 2080/01/13
तिलाठी र रुपनी बिजयी
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडीले कञ्चनरुप नगरपालिकाको टिमलाई ९१ रनले र रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडीको टिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । जसमा अमित मण्डल र साकेत सिंहले विष्फोटक बल्लेबाजी गर्दै अर्धशतक प्रहार गरेका थिए । अमितले ६४ र साकेत सिंहले ५० रन बनाए ।
कञ्चनरुपका लागि असलम शेख, मुकेश सिंह, मुकेश रौनियार र उमेश चौधरीले समान १÷१ विकेट लिएका थिए ।
जितको लागि १ सय ८० रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका कप्तान दिपेश सरदारको घातक बलिङ्ग सामु निरीह सावित हुँदै कञ्चनरुपको टिम १५ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो । उक्त खेलमा तिलाठी कोइलाडीका दिपेश सरदारलाई म्यान अफ द म्याचको ट्रफी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले प्रदान गरे । यसैगरी ६ विकेट लिए वापत वडा नं. ४ का वडा अध्यक्ष मौली कुमार मण्डलले बल प्रदान गरे ।
यसैगरी दोस्रो खेलमा रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ब्लु टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १३ रन जोडेको थियो । ब्लु टिमका कप्तान दिपक भुजेलले अविजित ५५ रन बनाए ।
रुपनी गाउँपालिकाको टिमका लागि विकास दास र इमरान शेखले २÷२ विकेट लिए भने राशिद खान, सुनिल धमला र अशोक मेहताले १÷१ विकेट लिए ।
जितको लागि १ सय १४ रनको लक्ष्य रुपनी टिमले १६ ओभर ३ बलमा ६ विकेट गुमाई हासिल ग¥यो । रुपनीका लागि विकास दासले सर्वाधिक ४२ रन बनाए भने राशिद खाले विष्फोटक बल्लेबाजी गर्दै ३३ रन बनाए ।
हनुमाननगर कंकालिनी ब्लु टिमका लागि त्रिभुवन मण्डल र सुजित मण्डलले २÷२ तथा रविन यादवले १ विकेट लिए । उक्त खेलमा रुपनीका विकास दासलाई म्यान अफ द म्याच प्रदान गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ