News Category 2080/02/07
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
जलवायु परिवर्तनले पार्ने प्रभाव र यसबाट हुने हानी नोक्सानी न्युनिकरण गर्ने उद्देश्यले आइतबार राजविराजमा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
सबल नेपालको समन्वयमा दिगो विकास इन्स्टिच्युट, लस एण्ड ड्यामेज विथ पोलुसन तथा सिजेआरएफ संस्थाको संयुक्त आयोजनामा जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी तथा यसको न्युनिकरणका लागि अपनाउनु पर्ने बिधीबारे संचारकर्मीहरुसँगको कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
जलवायु परिवर्तनले विश्वमै जोखिम बढाउँदै लगेकाले न्युनिकरण तथा पूर्व तयारीका लागि विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरु प्रभावकारी कार्यान्वयनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको दिगो विकास इन्स्टिच्युटका निर्देशक अभिशेक श्रेष्ठले बताए ।
कार्यक्रममा इन्स्टिच्युटका प्रशिक्षक प्रयास अधिकारी, सबल नेपालका वरिष्ठ कार्यक्रम संयोजक अशोक साह, परमेश्वर झा, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जलवायु परिवर्तन विज्ञ एवं पत्रकार श्रीराम सुबेदी लगायतले बोल्दै जलवायु परिवर्तनले बढ्दै गएको जोखिम र यसको न्युनिकरणका लागि गरिनु पर्ने उपायहरुबारे आ–आफ्नो सुझाव र अनुभव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ