News Category 2080/02/07
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास

दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
जलवायु परिवर्तनले पार्ने प्रभाव र यसबाट हुने हानी नोक्सानी न्युनिकरण गर्ने उद्देश्यले आइतबार राजविराजमा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
सबल नेपालको समन्वयमा दिगो विकास इन्स्टिच्युट, लस एण्ड ड्यामेज विथ पोलुसन तथा सिजेआरएफ संस्थाको संयुक्त आयोजनामा जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी तथा यसको न्युनिकरणका लागि अपनाउनु पर्ने बिधीबारे संचारकर्मीहरुसँगको कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
जलवायु परिवर्तनले विश्वमै जोखिम बढाउँदै लगेकाले न्युनिकरण तथा पूर्व तयारीका लागि विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरु प्रभावकारी कार्यान्वयनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको दिगो विकास इन्स्टिच्युटका निर्देशक अभिशेक श्रेष्ठले बताए ।
कार्यक्रममा इन्स्टिच्युटका प्रशिक्षक प्रयास अधिकारी, सबल नेपालका वरिष्ठ कार्यक्रम संयोजक अशोक साह, परमेश्वर झा, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जलवायु परिवर्तन विज्ञ एवं पत्रकार श्रीराम सुबेदी लगायतले बोल्दै जलवायु परिवर्तनले बढ्दै गएको जोखिम र यसको न्युनिकरणका लागि गरिनु पर्ने उपायहरुबारे आ–आफ्नो सुझाव र अनुभव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ