News Category 2080/02/18
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण बालबालिकाहरुलाई विद्यालयमा पठनपाठन गर्न समस्या भइरहेको भन्दै सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजि विद्यालयहरुमा विदा दिएको छ ।
बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने देखिएको हुनाले जेठ १९ गते शुक्रबारदेखी जेठ २३ गते मंगलबारसम्म विदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्तिमा वर्षे विदाबाट कट्टा हुने गरि नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको जनाइएको छ ।
यस्तै जिल्लाकै कंचनरूप नगरपालिकाले नगरभित्रका विद्यालयमा पनि ५ दिनको विदा दिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहद्वारा बिहीबारै जारी गरिएको सूचनामा शुक्रबारदेखि जेठ २३ गते मंगलबारका दिनसम्म विदा दिएको जनाइएको छ ।
यसैगरि महेन्द्र बिन्देश्वरी बहुमुखी क्यामपस राजविराजले जेठ २१ गतेदेखी असार ८ गतेसम्म २० दिन गर्मी विदा दिने निर्णय गरेको छ ।
क्याम्पस प्रमुख राजिव कुमार मिश्राद्वारा बिहीबार जारि सूचनामा उक्त विदा वार्षिक विदामा कट्टा हुने गरि दिइएको उल्लेख छ ।
पछिल्लो एक सातादेखी मधेश प्रदेशका जिल्ला लगायत अन्य केही प्रदेशमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।
एक हप्तादेखी बिहान ६ बजेदेखी नै अत्याधिक तापक्रम बढ्ने गरेको छ । बिहानै ३० डिग्रि सेल्सिय तथा १२ बजेसम्म ३५ हुँदै ३ बजे ४१ डिग्रि तापक्रम हुने गरेको छ । जसकारण अत्यावश्यक काम बाहेक मानिसहर सडकमा देख्न छाडिएका छन् । गर्मी बढ्दै जाँदा सबै भन्दा बढी बालबालिका तथा बृद्धबृद्धाहरु प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ