News Category 2080/04/01
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक
दैनिक समाचारदाता
रौतहट, १ साउन ।
“गौर हत्या काण्ड” मा संलग्न दोषिलाई कारवाहीको माग गर्दै पीडितहरुले सोमबार रौतहट सदरमुकाम गौरमा प्रदर्शनका साथै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
१७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ ।
बुझाइएको ज्ञापनमा साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट आन्दोलन स्वरुप अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी दिइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल ¥याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्द रहेका छन् ।
संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् ।
‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
२०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ