News Category 2070/03/24
पूर्व सभासद् हक हत्या प्रकरण, आफ्नै पति र पिताको हत्या गराउनेसहित तीन जना कारागार चलान
दैनिक संवाददाता
राजविराज, २३ असार ।
बिघटित संबिधानसभाका पूर्व सभासद् सदरुल हकको हत्या गर्ने उनका पत्नी र छोरीलाई कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशपछि हत्या गरिएका सभासद् सदरुल हककी पत्नी नुरजहाँ र छोरी रुबेदासहित तीन जनालाई राजविराज कारागार पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला न्यायाधीश किरण शिबाकोटीको आइतबारको इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए बमोजिम आइतबारै कारागार चलान गरिएको छ । हत्याको योजना बनाउने आमाछोरीसहित हत्यामा संलग्नमध्ये एक अब्दुललाई पनि पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
सबुत प्रमाणबाट दोषी देखिएका कारण अदालती बन्दोबस्तको दफा ११८ को उपदफा २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो ।
पूर्व सभासद् सदरुल हक मियाँको हत्या उनकै श्रीमति र छोरी मिलेर गराएको तथ्य केन्द्रिय अनुसन्धान व्यूरो (सिबिआई) ले गत जेठ २४ गते सार्वजनिक गरेको थियो । राजविराजमा पत्रकार सम्मेलन गरी सिबिआईले हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका अब्दुललाई सार्वजनिक समेत गरेको थियो । हत्यामा संलग्न भएकामध्ये सिरहाको चतुरी २ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार रहेका छन् । प्रहरीले दुबैको खोजी तिब्र रुपमा भइरहेको जनाएको छ ।
पूर्व सभासद् मियाँकी पत्नी नुरजहाँ र छोरी रुबेदा खातुनले बनाएको योजनालाई अन्य तीन जना मिलेर गत जेठ ६ गते राति पूरा गरेका थिए । सो राति कल्याणपुर २ स्थित घर नजिकै रहेको आफ्नै पेट्रोल पम्पमा सुत्न गएका सदरुल हकको धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले ऐनुल शेख, जमिरुल शेख र अब्दुल मिलेर हत्या गरेका थिए ।
हत्या गरेको तीन सातापछि प्रहरीले हत्या कारण सार्वजनिक गर्दै सदरुल पत्नी र छोरीसहित तीन जनालाई सार्वजनिक गरेको थियो ।
आक्रोशित देखिइन रुबेदा
सप्तरी जिल्ला अदालतको आदेशपछि प्रहरीले तीनै जनालाई कारागार लग्न खोज्दा सदरुलकी छोरी निक्कै आक्रोसित देखिइन् । अब्दुलबाहेक प्रहरीले आमाछोरीको मुख कपडाले बाँधिदिएपछि अनुहार छोपिएको थियो । संचारकर्मीहरु उनीहरुको तस्वीर लिन खोज्दा रुबेदाले क्यामेरा नै खोस्ने प्रयास गरिन् ।
प्रहरीको भ्यानमा पछाडिको सिटमा बसेकी रुबेदाले अगाडि बसेकी महिला प्रहरीको लठी खोसेर संचारकर्मी उपर जाइलागिन् । भ्यान नजिकै तस्वीर लिइरहेका संचारकर्मी पछि हट्ेपछि कुनै अप्रिय घट्ना भएन् ।
अदालतमा आमाछोरीलाई हेर्नेहरुको घुइँचो थियो । सयौं सर्वसाधारण आफ्ै पति र पिताको हत्या गराउनेहरुलाई हेर्न जम्मा भएका थिए । त्यों भिंडबाट आमाछोरीसहित तीन जनालाई अदालत प्राङ्गणबाट बाहिर निकाल्न प्रहरीलाई समस्या भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ