News Category 2080/06/05
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयमा अध्ययनरत १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक र विद्यालय कर्मचारी विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गएपछि १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका हुन् ।
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रेका कारण विगत चार दिनदेखि सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डलले ती विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखी १२ का १ लाख ३४ हजार २ सय ३० विद्यार्थीको पढाई अवरुद्ध बनेको जानकारी दिए ।
जिल्लाको ४ सय ३९ सामुदायिक विद्यालयमा कार्यरत १ हजार ५ सय ९३ शिक्षक मध्ये अधिकांश नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन त्यस तर्फ गएका छन् । जस कारण जिल्लाका सबै सामुदायीक विद्यालय विगत चार दिन देखी सुनसान रहेको विद्यार्थी र अभिभावकहरुले बताएका छन् ।
गत भदौ २७ गते संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विमती राख्दै शिक्षकहरुले आन्दोलन चर्काएका हुन ।
काठमाडौंमा रहेका सप्तरीका शिक्षक तथा नेपाल शिक्षक महासंघका विशिष्ट केन्द्रिय सदस्य मनोज मण्डलले शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयक प्रावधानहरु माग अनुसार सरकारले सच्याए मात्र जिल्ला फर्किने बताएका छन् ।
उनले विधेयकमा शिक्षकको नियुक्ती, सरुवा बढुवा, कार्यसम्पादन, मुल्याँकन, कारवाहीमा स्थानीय तहलाई भुमिका दिएकोमा मान्य नरहेको भन्दै स्थानीयतहलाई शिक्षकको रेखदेख र नियमन गर्ने अधिकार दिदा जनप्रतिनिधीबाट मनोमानी हुने बताए ।
नेपाल टे«ड युृनियक काँग्रेस सप्तरीका अध्यक्ष समेत रहेका उनले यो भुमिका केन्द्र वा त्यस अन्तर्गतको शिक्षा कार्यालय वा प्रदेश सरकार मातहत हुनु पर्ने आफुहरुको माँग रहेको बताए । उनले काठमाण्डौंमा सरकार संग वार्ता र आन्दोलन दुबै साथ चलिरहेको जानकारी समेत दिए ।
शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनका कारण सामुदायीक विद्यालय सुनसान देखिएपनि यहाँका निजी विद्यालयको पठन पाठन भने रोकिएको छैन । जसकारण सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राका साथै उनका अभिभावक पनि निराश भएका छन् ।
विद्यार्थीको पढ्ने अधिकार हनन् नहुने गरी सरकार, शिक्षक र सबै सरोकारवालाहरु सँग गम्भिर छलफल गरी यस समस्याको सिघ्र समाधान खोज्न यहाँका अभिभावक तथा विद्यार्थीले माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ