News Category 2080/06/07
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरी प्रहरीले १७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बोदेबर्साइनबाट नगरपालिका वडा नं. ५ हुलाकी सडक खण्ड अन्तरगत खडक खोला पुलमा प्रहरीले चेकजाच गर्ने क्रममा शुक्रबार सिरहाको मिर्चैया नगरपालिका वडा नं. २ महदेवा निवासी १९ वर्षिय अशोक साह र सोही नगरपालिका वडा नं. १२ निवासी २४ वर्षिय बिनोद ठाकुरलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बोदेबर्साइन तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलिले चेक जाँचको क्रममा उनीहरुको साथबाट कालो झोलामा राखिएको १७ किलो ५ सय किलोग्रामको चाँदीका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
प्रहरी टोलिले प्र.२–०१–००४प.०३५८ न.को मोटरसाइकलमा सवार दुबै जनालाई चेकजाँच गर्ने क्रममा पछाडी सवार विनोद कुमार ठाकुरले बोकेको कालो झोलाबाट १७ किलो ५ सय किलोग्राम १७ लाख ५० हजार मुल्य पर्ने चाँदीका गरहगना, २ लाख ९६ हजार ६ सय नगद तथा ३३ हजार ८ सय, २० हजार ९ सय र ५६ हजार ५ सयका दरले तीन वटा चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका उनीहरु उपर आवश्यक अनुसन्धान सकिएपछि प्रहरीले आइतबार सम्पूर्ण घटना विवरण सार्वजनिक गरेको छ । दुबै जनाले प्रयोग गरेको मोटरसाइकल, बरामद गरगहना, नगद र चेकसहित उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी आवश्यक कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ