News Category 2080/07/14

तलबका लागि मदरसामा तालाबन्दी

दैनिक समाचारदाता

तलबका लागि मदरसामा तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 

    राजविराज वडा नं. १ चनौरा पडरियास्थित आशीमियाँ दारुलउलम मदरसामा तलब नपाएको भन्दै मंगलबार तालाबन्दी गरिएको छ । प्रधानाध्यापक र शिक्षकहरुको अगुवाईमा तालाबन्दी गरिएको हो । 
    नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् । 
    मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन । 
    मदरसामा प्रध्यानाध्यापक बेगम, मौलबी मो.युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् । 
    उनीहरुले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन । २४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो.सदरुलले सुनाए । 
    मदरसामा कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ । 
    राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैया तलबमा शिक्षकहरु काम गर्दै आएका छन् । 
    मदरसाका प्रध्यानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाखबाट आफुहरु तलब लिने गरेको सार्वजनिक गरेकी थिइन । सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न नमानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो.युनुसको भनाई छ । 
    मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरुले आफुलाई नटेर्ने तथा आफु विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् । आपृmु तलब खुवाउन चेकमा हस्ताक्षर गर्न तयार हुने तर त्यस अघि समाजका भरभलादमी वसेर केही निर्णय गर्नू पर्ने उनको अडान छ । कस्तो निर्णय ? भन्ने जिज्ञासामा उनले भने “त्यो कुरा वैठक वसेपछि मात्र राख्छौ ।”
    नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले मदरसामा लामो समय देखि तलब नपाएपछी शिक्षक÷शिक्षिकाहरुले तालाबन्दी गरेको खबर आफुलाई प्राप्त भएको बताउँदै यसको सत्य तथ्य बुझ्ने काम भईरहेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट