News Category 2070/03/29
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते
दैनिक संवादादता
रुपनी (सप्तरी), २८ असार ।
सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सीतापुर २ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ ख ११०५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स २ प २२६३ नम्बरको मोटरसाईकललाई बिहीबार राति ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक उदयपुरको त्रिबेणी गाविस ५ घर भई सप्तरीको तेरहौता ५ मा बस्दै आएको भक्तबहादुर मगर रहेका छन् । ३५ बर्षीय मगरको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सबार तेरहौता ५ कै दिनेश राईका १३ बर्षीय छोरा मन्दिप राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गको भंगहा सडक खण्डमा ओभरटेक गर्दै आएको एक बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
अत्यधिक दू्रत गतिमा सिरहा माडडरबाट बिराटनगरतर्फ जाँदै गरेको ना४ख १४६० नम्बरको बसले अर्काे बसलाई ओभरटेक गर्ने क्रममा स.२प ११३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करले मोटरसाइकल चालक सप्तरीको जमुनी मधेपुरा गाविस ५ बस्ने योगेन्द्र यादवको मृत्यु भएको छ । ठक्करले गम्भीर घाइते भएका यादवलाई उपचारका लागि घोपा क्याम्प धरान पु¥याएको केहि बेरमै मृत्यु भएको हो ।
पछाडि सबार धनिकलाल यादव गम्भीर घाइते भएका छन् । उनको रायपुरस्थित यूनिक अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ