News Category 2080/08/15
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गत सोमबारदेखी आन्दोलनरत युवाहरुले शुक्रबार पनि दुई घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । यसअघि उनीहरुले बिहीबार एक घण्टा धर्ना दिएका थिए ।
सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा प्रशासन कार्यालयको मुल गेटमै दुई घण्टा धर्ना दिइएको हो ।
दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४९ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ ।
युवाहरुले सोमबार दबाबमूलक ¥याली, मंगलबार सिटी जुलुस, बुधबार दिउँसै टर्च बालेर नेता सांसदहरुको खोजि, बिहीबार र शुक्रबार धर्ना कार्यक्रम गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको तथा दोश्रो चरणको आन्दोलन पुनः बैठक बसी तय गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ