News Category 2071/09/28
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस सखडमा प्रहरीद्वारा हस्तक्षेप
दैनिक संवाददाता
राजविराज, २७ पुस ।
पहिचानसहितको सहमतिय संविधानको माग गर्दै एमाओवादी, मधेशी दलसहित ३० दलिय मोर्चाद्वारा बन्दको पूर्व सन्ध्यामा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट संघीय मधेशी मोर्चाका संयोजक सुनिल झाको नेतृत्वमा निकालिएको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा सभासद उमेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला सदस्य ललन यादव, मधेशी जनअधिकार फोरम नेपालका जिलला सचिव उमेश कुमार यादव, तमलोपाका मनिष कान्त झा, केन्द्रिय नेता विपी यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका युवा नेता हुलसित कुमार यादव, लगायतका बक्ताहरुले सहमतिय संविधान नआए मुलुकमा ठुलो जनयुद्ध हुने चेतावनी दिनुभएको छ ।
यसैगरि सप्तरीको पत्थरगाढामा फोरम नेपालका अमर यादवको नेतृत्वमा, पातोमा फोरम लोकतान्त्रिका जागेश्वर यादवको नेतृत्वमा, बनौनिया शान्ति चौकबाट एमाओवादीका चन्द्रदेव मण्डलको नेतृत्वमा तथा रायपुरको रुपनीबाट सिस्वारी गाविसको लालपत्तासम्म मोटरसाइकल ¥याली पश्चात् मसाल जुलुस र बिरोध सभा भएको जनाइएको छ । सो सभामा रामसपाका केन्द्रिय सदस्य हरेकृष्ण भगत र सद्भावनाका जिल्ला सचिव हरेराम यादव, एमाओवादीका मिथिला राज्य समिति सदस्य अनिल साहलगायतले बोल्नु भएको थियो ।
यसैबीच सप्तरीको सखडमा निकालिएको मसाल जुलुसमा प्रहरी ले हस्तक्षेप गरेको छ । प्रहरी चौकी सखडाका सई लोकबहादुर प्रधानले हस्तक्षेप गरेका हुन् । उनले मसाल जबरजस्ति खोसेर निभाउने कार्य गर्नुका साथै मोर्चाका नेता तथा कार्यकर्तालाई गालीगलौज समेत गरेको स्थानिय नेता रामसपाका विद्यार्थी नेता विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ