News Category 2071/09/30
३० दलिय मोर्चाद्वारा एमाले सभासद् मण्डललाई जिल्ला प्रवेशमा निषेद
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
नेकपा एमालेका स्थायि कमिटी सदस्य तथा समानुपातिकतर्फ सप्तरीका सभासद् सत्यनारायण मण्डललाई ३० दलिय गठबन्धन सप्तरी मोर्चाले जिल्ला प्रवेश निषेद गरेको छ ।
मोर्चाले मंगलबार जारि गरेको बिज्ञप्तिमा सभासद् मण्डलले सोमबार नेकपा एमाले पार्टी कार्यालयमा “तराई मधेश, पहाड र हिमालबाट अलग नराखि प्रदेश बनाउनु पर्छ” भन्ने दिएको सुझाव अभिव्यक्ति मधेश विरोधीका साथै राज्यसत्ताद्वारा उत्पीडित सबै पक्षको बिरुद्ध र मधेशको भावनालाई कुण्ठित पार्ने र सुनियोजित रहेको भन्दै भत्र्सना समेत गरेको छ ।
अब बन्ने संविधानमा पहिचान र अधिकारसहितको अग्रगामी संविधानका लागि कुनै पनि तरिकाबाट सो अभिव्यक्ति नमिल्ने रहेकोले यस्ता अभिव्यक्ति सभासद् मण्डलले फिर्ता लिई माफि माग्न आग्रह गर्दै अभिव्यक्ति फिर्ता नलिएसम्म सभासद्लाई सप्तरी जिल्ला प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
साथै विज्ञप्तिमा सो आग्रहलाई वेवास्ता गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वंम मा. सभासद् सत्यनारायण मण्डल नै हुने कुरा विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ ।
विज्ञप्तिमा एकिकृत नेकपा माओवादी जिल्ला संयोजक असर्फि सदा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष सत्यनारायण यादव, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष मुनिलाल साह, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, संघिय सद्भावना पार्टीका अध्यक्ष मनोज देव, तराई थरुहट तराई पार्टी नेपालका अध्यक्ष पुरन चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष बिजय चौधरी, नेपाली जनता दलका अध्यक्ष गुलाब यादव, संघिय गणतान्त्रिक राष्ट्रिय मञ्च र संघिय समाजवादी पार्टीका नेता प्रतिनिधिको विज्ञप्तिमा हस्ताक्षर रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ