News Category 2071/09/30
मोरंगद्वारा मदन आश्रित कप क्रिकेट प्रतियोगिताको उपाधीमाथी कब्जा
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
राजविराजमा संचालित मदन आश्रित टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधी मोरंगको होराईजन एकेडेमीले हात पारेको छ ।
युवा संघ नेपाल, नगर कमिटिको आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा संचालित रोमान्चक फाइनल खेलमा सप्तरीको राजदेवी क्रिकेट एकेडेमीलाई मोरङले १५ रनले पराजित गरि उपाधी हात पारेको हो ।
दर्शकले भरिभराउ राजरंगशालामा मंगलबार सम्पन्न फाईनलमा होराईजनले टस जिति पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेल ९ बिकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । होराईजनका लागि रवी रोयले २७ रन, फिरदोस अंसारीले अविजित १४ रन बनाएका थिए भने अतिरिक्त ३१ रन पाएको थियो ।
बलिङतर्फ राजदेवीका महवुव आलम र जितेन्द्र यादवले सामान २, राजिव सिंह, रवी माझी, जुगल किशोर चौधरी र गुणानन्द रोयले सामन १ बिकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजदेवी क्रिकेट एकेडेमीले १९ ओभर आफनो सम्पुर्ण बिकेट गुमाई १ सय १० रन मात्र बनाएपछि हार ब्योहोरेको थियो । राजदेवीका लागि अमित सिंह ३५, रवी माझी १८ र बिजय मण्डलले १५ रनको योगदान दिएका थिए । राजदेवी एकेडेमीलाई सस्तोमा समेटन होराईजनका मनोज मण्डलले ४ बिकेट, बिद्यान गोस्वामी २, अरसलान अख्तर २ तथा प्रकाश निरौला र फिर्दोस अंसारीले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच होराईजनका बिद्यान गोस्वामी घोषित भएका थिए । त्यसै गरि प्रतियोगिताको बेष्ट ब्याट्स्म्यान राजदेवी एकेडेमीका अमित सिंह, बेष्ट बलर होराईजनका पुष्प थापा तथा म्यान अफ द सेरिज किर्तिमानी खेलाडि महवुव आलम घोषित भए ।
बिजयी खेलाडिहरु तथा अफिसियलहरुलाई सप्तरी उधोग बाणज्य संघका अध्यक्ष अरुण प्रधान, सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरी, युवा संघका अध्यक्ष पशुपती कर्ण, एमाले पूर्वान्चल अंचल कमिटी पूर्वसचिव सुमन राज प्याकुरेल, राजबिराज नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ, समाजसेवी बिष्णु यादव, अम्पाएर मागीलाल शर्मा तथा युवा संघ नगर कमिटी अध्यक्ष दिपक कुमार यादव लगायतले नगद तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ