News Category 2071/10/01
सभासद् मण्डललाई जिल्ला प्रवेशमा रोकप्रति एमाले सप्तरीद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
नेकपा एमाले जिल्ला कमिटि सप्तरीले विभिन्न संचार माध्यममा प्रेसित “एमाले सभासद्लाई गृह जिल्लामा रोक” शिर्षकको समाचारप्रति घोर भत्र्सना गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा बुधबार जारि विज्ञप्तिमा आफ्नो अभिव्यक्ति गर्ने स्वतन्त्रता र विचार मन नपरे बैचारिक खण्डनबाट हुन सक्ने प्रावधान हुँदा हुदै यस्तो प्रकारको कदमको भत्र्सना गरिएको उल्लेख छ ।
जारि विज्ञप्तिमा भनिएको छ, “सभासद् सत्यानारायण मण्डलले आफ्नो विचार अभिव्यक्ति गर्न पाउनु उहाँको नैसर्गिक अधिकार हो, उहाँको विचारमा असहमति हुनेले असहमति व्यक्त गर्न पाउनु पर्दछ, खण्डन गर्न पाउनु पर्दछ तर आफ्नो गृह जिल्लामै प्रवेश गर्न दिन्न भन्नु निरंकुशताको पराकाष्टा हो । यस्तो विचार प्रेशितले मुडभेडलाई निम्ताउने हुँदा यस्तो विचार सच्याउन हार्दिक्तापूर्वक अनुरोध गर्दछौं ।”
विज्ञप्तिमा अगाडी भनिएको छ, “आफ्नो विचार अभिव्यक्ति गर्ने स्वतन्त्रता सबैको छ र विचार मन नपरे वैचारिक खण्डन गर्न सकिन्छ । प्रवेश रोक जस्ता कुरा निरंकुशताको पराकाष्ठा हो, यसले बैचारिक छलफलद्वारा समस्या समाधान गर्ने प्रजातान्त्रिक प्रकृयालाई निषेध गर्द साथै आपसी सद्भाव हैन, मुडभेड निम्ताउँछ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ