News Category 2071/10/03
सप्तरीका ९६ मध्ये २५ गाविसको मात्र गाउँ परिषद् सम्पन्न
दैनिक संवाददाता
राजविराज, २ माघ ।
पुस मसान्तभित्र गाउँ परिष्द अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने नियम रहेपनि सप्तरीमा पुस मसान्त सम्ममा मात्र २५ वटा गाविसले मात्र गाउँ परिषद् सम्पन्न भएको छ ।
यद्दपी स्थानीय स्वायत्त शासन ऐन तथा गाविस अनुदान सञ्चालन नियामावलीमा पुस मसान्तभित्र सबै गाविसले अनिवार्य रुपमा गाउू परिष्द सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको छ ।
सप्तरीको कुल ९६ गाविस मध्ये पुस मसान्त सम्ममा मात्र २५ गाविसको मात्र गाउँ परिषद सम्पन्न भएको जिल्ला विकास समिति सप्तरीका नायब सुब्बा कमलेश्वर बिराजीले जानकारी दिनुभयो ।
उहाँले पुस मसान्त भित्र गाउँ परिषद सम्पन्न गराएर एक साताभित्र जिविसलाई जानकारी गराउँनुपर्नेमा हाल पुस मसान्त भित्रमा करिब २५ गाविसले गाउँ परिषद सम्पन्न गराएको जानकारी आएको बताउँनुभयो ।
जिल्लाको बरही बिरपुर, मलेकपुर, सकरपुरा, देउरी भरुवा, बथनाहा, डाढा, रम्पुरा मल्हनिया, ईटहरी बिष्णुपुर, बेल्ही चपेना, बनैनिया, नर्घो, मलेठ, रामनगर कोदरकटी, लालापटी, छिन्नमस्ता, बोरिया, डिमन, पकरी, रायपुर लगायतका गाविसमा पुस मसान्त भित्र गाउँ परिषद सम्पन्न भएको जिविस सप्तरीले जनाएको छ ।
पुस मसान्तभित्र परिष्द नगरेमा विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ । तर, विगतका वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिना असारमा परिष्द गरी सम्पुर्ण विकासीय बजेट निकासा पाउँदै आएका कारण यसवर्ष पनि सचिवहरुले विगतकै परिपाटी अपनाउने दाउमा लागेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ