News Category 2071/10/03
मृतक तीन छोराछोरीकी आमा फेला परिन्
दैनिक संवाददाता
राजविराज, २ माघ ।
हत्या गरि पोखरीमा फ्यालिएका तीन जना छोराछारीकी आमा सप्तरीको तेरहौता गाविस ३ निवासी २६ वर्षिया कुडी भनिने सजनी देवी सदालाई प्रहरीले फेला पारेको छ ।
सप्तरीको बैरवा गाविस.वडा नं. ८ डुबानबाट ईलाका प्रहरी कार्यालय कन्चनपुरको प्रहरी टोलीले फेला पारेको जनाएको छ । यता फेला परेकी सदाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरीले स्वास्थ्य अवस्था कमजोर भएकी सदालाई धर्मेश्वर अस्पताल ठेलीयामा आफ्नो निगरानीमा उपचार गराइरहेको जनाएको छ भने थप अनुसन्धान समेत गररहेको बताएको छ ।
गत पुस १९ गते सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा कुडी सदाले ६ वर्षीय छोरा संतोष, ३ वर्षीया छोरी संतोषी र ६ महिने छोरी छोटकीको शव मृत अवस्थामा फेला परेको थियो । सो स्थानमा एक थान बिषादीको बोतल, चप्पल, साडी लगायत फेला परेको थियो ।
यता हालसम्म प्रहरीले तीनै जना बालबालिकाको हत्या भएको घटना बारे खुलाउन सकेको छैन् । श्रोतका अनुसार कुडी सदा फेला परेपछि घटनाको सत्यतथ्य सार्वजनिक हुने विश्वास गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ