News Category 2071/10/04
संयुक्त आन्दोलन परिचालन समितीद्वारा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक
राजविराज÷संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीको शनिबार सम्पन्न बैठकले आन्दोलनलाई सशक्त बनाउनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको हो ।
संयुक्त आन्दोलन परिचालन समितिका प्रचार प्रसार विभाग संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तीमा माघ ४ गते आईतबार युवा विद्यार्थीद्वारा सिटी जुलुस, माघ ५ गते मसाल जुलुस र माघ ६ गते सशक्त रुपमा आमहडताल गर्ने कार्यक्रमहरु उल्लेख गरिएको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीका सुनिल कुमार झा र आन्दोलनलाई सशक्त बनाउँन गठित जन परिचालन समितीका संयोजक शैलेन्द्र प्रसाद साहको संयुक्त अध्यक्षतामा तथा मोर्चासँग आवद्ध सम्पुर्ण पार्टीका जिल्ला अध्यक्ष, नेता तथा युवा, विद्यार्थी, महिलालगायतको बैठकमा उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै आन्दोलनलाई प्रभावकारी बनाउँन युवा विद्यार्थीहरुको संयुक्त आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । त्यसैगरि मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी जिल्ला कोषाध्यक्ष श्रीमति बिन्दु यादवको संयोजकत्वमा ५१ सदस्यीय महिला संयुक्त आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “केन्द्रिय संयुक्त आन्दोलन परिचालन समितीले गरेको केन्द्रिय आमहडताललाई सफल पारिदिन हुन सम्पुर्ण उद्योगी, ब्यापारी, संचारकर्मी, अधिकारकर्मी, मजदुर, किसान, बृद्धिजीवी, यातायात, शैक्षिक संघ संस्था लगायतका आम जनसमुदायमा हार्दिक अनुरोध समेत गरिएको छ ।”
सो समितिमा एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ