News Category 2071/10/04
संयुक्त आन्दोलन परिचालन समितीद्वारा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक
राजविराज÷संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीको शनिबार सम्पन्न बैठकले आन्दोलनलाई सशक्त बनाउनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको हो ।
संयुक्त आन्दोलन परिचालन समितिका प्रचार प्रसार विभाग संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तीमा माघ ४ गते आईतबार युवा विद्यार्थीद्वारा सिटी जुलुस, माघ ५ गते मसाल जुलुस र माघ ६ गते सशक्त रुपमा आमहडताल गर्ने कार्यक्रमहरु उल्लेख गरिएको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीका सुनिल कुमार झा र आन्दोलनलाई सशक्त बनाउँन गठित जन परिचालन समितीका संयोजक शैलेन्द्र प्रसाद साहको संयुक्त अध्यक्षतामा तथा मोर्चासँग आवद्ध सम्पुर्ण पार्टीका जिल्ला अध्यक्ष, नेता तथा युवा, विद्यार्थी, महिलालगायतको बैठकमा उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै आन्दोलनलाई प्रभावकारी बनाउँन युवा विद्यार्थीहरुको संयुक्त आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । त्यसैगरि मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी जिल्ला कोषाध्यक्ष श्रीमति बिन्दु यादवको संयोजकत्वमा ५१ सदस्यीय महिला संयुक्त आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “केन्द्रिय संयुक्त आन्दोलन परिचालन समितीले गरेको केन्द्रिय आमहडताललाई सफल पारिदिन हुन सम्पुर्ण उद्योगी, ब्यापारी, संचारकर्मी, अधिकारकर्मी, मजदुर, किसान, बृद्धिजीवी, यातायात, शैक्षिक संघ संस्था लगायतका आम जनसमुदायमा हार्दिक अनुरोध समेत गरिएको छ ।”
सो समितिमा एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ