News Category 2070/03/29
बाढी प्रभाबित गाविसहरुमा रोगको संक्रमण फैलिने खतरा
दैनिक संवादादता
राजविराज, २८ असार ।
बाढीबाट प्रभाबित सप्तरीको बिभिन्न गाविसमा रोगको संक्रमण फैलिने खतरा बढेको छ ।
बस्तीमा पसेको पानीको निकास हुन नसकेका कारण बिस्तारै पानी प्रदुषित भएर बिभिन्न रोगको संक्रमण फैलिने खतरा बढेको हो ।
अबिरल बर्षा रोकिएपनि बस्तीमा आएको बाढीको पानीको निकास अझै नहुदाँ झाडा पखाला, रुघा खोकी, ज्वरो लगायतका रोगको संक्रमण फैलिने खतरा रहेको स्थानियहरुले बताएका छन् ।
बस्तीमा जमेको पानी बिस्तारै सुक्न थालेकोले सप्तरीको ओद्राहा, पोर्ताहा, तिलाठी, त्रिकोल लगायतका गाविसमा रोगको संक्रमण फैलिन सम्भावना बढेको स्थानियहरुले बताएका छन् ।
बस्तीमै बाढीको कारण सप्तरीको तिलाठी गाविसमा बिभिन्न सर्वसाधारणहरु बिरामी पर्न थालेका छन् स्थानिय निरज झा भन्नुहुन्छ–‘‘ पानीको निकास छैन्, बिस्तारै पानी दुर्गन्धित भएर मानिसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दै आएको छ ।”
अबिरल बर्षापछि बिगत दुई दिनदेखि बढे्को चर्काे घामका कारण बाढीसँगै आएको भ्यागुतो, सर्प, माछा लगायतका जिवहरु बिस्तारै मर्न थालेकाले बस्तीनै दुर्गन्धित बन्न थालेको झाको भनाई छ ।
बर्षाको समयमा बर्षेनी डुबानको समस्या भोग्दै आएको सप्तरीको तिलाठी गाविसमा बर्षाको पानी सकेपछि रोगको संक्रमण फैलिने गरेको छ ।
करिब ५ बर्षअघि बर्षाको समयमा तिलाठी गाविसमा हैंजाको जिवाणु फेला परेको थियो । उक्त हैजाको जिवाणुबाट तीन जनाको मृत्यु भएको थियो भने तीन दर्जन स्थानियबासीहरु पीडित बनेका थिए ।
गत बर्षपनि बर्षाको समयमा तिलाठी गाविसका स्थानियहरु बिभिन्न रोगको संक्रमणबाट पिडीत बनेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो ।
यस बर्षपनि बस्तीमा पानी जमेर रोगको संक्रमण फैलिने सम्भावना रहेकोले बाढी प्रभाबित गाविसहरुमा स्वास्थ्य शिबिर सञ्चालन गर्नु आवश्यक रहेको स्थानियहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ