News Category 2080/11/18
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
छात्रहरुले मात्र पढ्ने कृषि विज्ञानको पढाईमा अहिले छात्राहरुले पनि कृषि विज्ञानको पढाईमा रुची देखाएका छन् । राजविराजस्थित प्रदेश कृषि विश्व विद्यालयमा हाल अध्ययनरत रहेका ५० विद्यार्थी मध्ये छात्राहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
बि.स.२०७७ मंसिरमा स्थापना भएको उक्त विश्व विद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु भएको छ ।
उक्त विश्व विद्यालयका उपकुलपति डा. बैधनाथ महतोले सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएको विश्वविद्यालयका लागि भवन निर्माणका काम समेत अघि बढीसकेको बताउँदै हाल भाडामै रहेको घरबाट कक्षा संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
आगामी दिनमा अनुसन्धानात्मक कार्य समेत गरिने बताउँदै उनले जिविकोपार्जनको मूल आधार कृषि रहेको मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रमा समेत उलेख्य सुधार आउने दाबी पनि गरे ।
“भौतिक पूर्वाधारको व्यवस्थासँगै विद्यार्थी संख्या समेत बढेर जानेमा शंका छैन्, उनले भने– घरकै भात खाएर छात्रछात्राले कृषिमा प्राविधिक उच्च शिक्षा पाएका कारण यस विश्वविद्यालयले भविष्यमा अझै सफलता प्राप्त गर्नेमा विश्वस्त छु ।”
सुरुमा कृषि विज्ञानको पढाई थालेको विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान, माछा विज्ञान र खाद्य प्रविधि विज्ञान गरि चार वटा संकायको स्नातक तहबाट पढाई हुने गरि तयारी अगाडी बढाएको छ ।
विश्वविद्यालय निर्माणका लागि राजविराज नगरपालिकाले वडा नं. १३ मा २६ विगहा ८ कठ १८ धुर जग्गा उपलब्ध गराएपछि गत माघ ८ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको उपस्थितीमा जसपा अध्यक्ष उपेन्द्र यादवले भवन निर्माण कार्यको शिलान्यास गरेका थिए ।
राजविराजमा मधेश प्रदेश कृषि विश्वविद्यालय स्थापना भएपछि रोजगारीका साथै कृषि क्षेत्रमा उल्लेख्य सुधार आउने स्थानीयले अपेक्षा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ