News Category 2070/03/30
२५ गतेभित्रै लिनुपर्ने निकासा लिनेदिने क्रम जारी
राजविराज÷सबैभन्दा बढी गाविस रहेको सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको अनुदान निकासा लिन पाएका छैनन् । परिषद् गरेपनि काम गर्न नसक्दा रकम निकासा लिन नसकेको जिल्ला विकासले जनाएको छ । जिल्ला विकासका अनुसार दुई वटा गाविस कालोसूचीमा परेका कारण यस पटक अनुदान पाउने छैनन् ।
चालू आर्थिक बर्ष २०६९÷७० सकिन दुई दिन बाँकी रहेको अवस्थामा ४० वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएको जिविसले जनाएको छ । लिएकामध्ये पनि अधिकांसले असार २५ गतेपछि यो रकम निकासा लिएका हुन् । असार २५ गतेअघिसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको थियो । यसले गाविस अनुदानमध्ये अधिकांस रकम मिलोमतोमा पचाउने खेल देखा परिसकेको छ । चार दिनभित्र लाखौंको काम गर्न सक्ने भन्दै कागजी प्रकृया देखाएर जिविसका कर्मचारीहरुले रकम निकासा दिने गरेको र यसबाट कर्मचारीहरुले ४० प्रतिशतसम्म कमिसन लिने गरेको जिविस श्रोतको भनाई छ ।
यस पटक मुलुककै सबैभन्दा बढी ११४ गाविस भएको यो जिल्लाका ७२ जति गाविसले अझै तेस्रो किस्ता वापतको रकम लिन पाएको छैन् । असार २५ सम्म काम गरेर निकासा लिइसक्नुपर्नेमा २४ गते सोमबारसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको र यसपछि अन्य गाविसले निकासा पाएको जिविसले नै जनाएको छ । २५ गतेअघिसम्म सीतापुर, सकरपुरा, भारदह, देउरी भरुवा, जगतपुर, मोहनपुर र रामपुर जमुवाले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएका थिए । मधवापुर र मौवाहा गाविस कालोसूचीमा परिसकेका कारण सम्पूर्ण बजेट नै फ्रिज भएको जिविसले जनाएको छ ।
अनुदान वापतको पहिलो किस्ता ११२ गाविसले निकासा लिएपनि दोस्रो किस्ता १० गाविसले नलिएको जिविसले जनाएको छ ।
तेस्रो किस्ता वापतको रकम १०५ गाविसले हालसम्म निकासा नलिएका कारण काम हुने सम्भवाना एकमदै न्यून रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ