News Category 2081/01/24
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित

अरुण कुमार यादव
राजविराज, २४ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिकाका महिलाहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । सो नगरपालिका ९ का दलित महिलाहरु समुह बनाएर तरकारी खेती सुरु गरेका छन ।
महिलाहरुको सक्रियतामा दिनाभद्री कृषक समुह बनाएर महिलाहरु तरकारी खेतीमा लागेका हुन् । १५ जना महिलाहरु मात्र रहेका सदस्यहहरुले तरकारी खेती गरेर आयआर्जन गर्नेतर्फ आकर्षित भएका हुन ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल संस्थाले वीउबिजन, खाद्य, मल सहयोग गरेपछि खेतीतर्फ रुचि जागेको कृषक समुहकी अध्यक्ष कविता कुमारी सदाले बताइन् । उनले वेरोजगार बनेर घरमै बस्नुभन्दा तरकारी उब्जाएर पैसा कमाउनु नै इमान्दारीता रहेको उल्लेख गरिन् ।
यस्तो अवस्थामा सबल नेपाल संस्थाले तरकारी खेती कसरी गर्ने, यसबाट हुने आम्दानीको बिषयमा तालिम दिएका कारण तरकारी खेती गर्न लागेको समूहका अध्यक्ष सदाले भने ।
करिब १४ कठ जग्गामा दलित महिलाहरु मिलेर तरकारी खेतीमा लागेका उनीहरु बिहान आप्mनो घरको काम सकाएर बाँकी समय तरकारी खेतीमै बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले जानकारी दिए ।
दिनाभद्री कृषक समुहका सदस्य ललिता सदाले तरकारी खेतीबाट आम्दानी गरेर आप्mनो घर ब्यवहार चलाएर छोराछारीको पढाई खर्च समेत निकाल्ने गरेको बताइन् । सिँचाईको अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुदा अहिले तरकारी खेती गर्न चर्को घाममा पनि कुनै फरक नपरेको उनको भनाई छ । उनीहरुले लौका, फर्सि, खुर्सानी, भन्टा, खिरा, प्याज लगायतका तरकारी खेती गरेका छन् ।
यस्तै चन्द्रमुखी कृषक समूह मिलेर यहाँ बिभिन्न प्रकारका तरकारी खेती गर्ने गरेका छन् । ब्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोरी, खुर्सानी, मुला, खिरा, फर्सी लगायत बिभिन्न समयमा लाग्ने तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन ।
समुहका सदस्य राजकुमार महतोले ४ वटा छोरा÷छोरीले उच्चशिक्षा सम्म पढाउन निधोकका साथ तरकारी खेतीमा जुटेका छन । मलेशियाबाट फर्किएपछि उनँले पाँच कठ जग्गामा तरकारी खेती गरेर अहिले बर्षिक ५ लाख भन्दा बढी आम्दानी गर्ने गरेको सुनाए ।
उनी बिदेशबाट फर्किएपछि तरकारी खेती गर्न मन बनाएपछि सबल नेपालले बिउ, कृषि पम्प, बिषादी छर्ने औषधीहरु सहयोग गरेको थियो ।
यस्तै धिरेन्द्र यादवले पनि आप्mनो बुबाले गरेको तरकारी खेतीमा सघाउने गर्छन । कक्षा १२ मा अध्ययनरत उनी छुटिको समयमा तरकारी खेतीमा रमाउने गर्छन् । नन्धारी बुलेट खुर्सानी, सेमनीत माली काक्रो, बोरी, करेला, लौका, गोलभेडा, आलु, राई र पालक साग लगाएका तरकारी खेतमा लगाएका छन । चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवन प्रसाद यादवले १० बिगाहमा सामुहिक रुपमा तरकारी खेती गरेका छन ।
यस क्षेत्रमा घोरगधा र बादरको आंतक रहे पनि तरकारी खेतिबाट लाखौको आम्दानी गर्न किसानहरु पछि हटेका छैनन् । सबल नेपालबाट हाले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा थप उर्जा थपिएको सदस्य रामवती महतो बताउछन् । समुहिक तरकारी खेतीका फाइदा बेग्लै भएकोले यसले घरपरिवार आप्mनो जिविकोपार्जन गर्न सजिलो भएको उनको भनाई छ ।
त्यस्तै जिल्लाको खडक नगरपालिका ४ अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाख सम्म आम्दानी गर्ने समूह सदस्य सुनिता बस्नेतको भनाई छ ।
बस्तीका लगभग २ सय जना परिवारको दिनचर्या परिवर्तनमा सो समुहका सदस्यहरूले गरेको बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहकी अर्की सदस्य मानकी रामले बताइन् ।
सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संयुक्त रूपमा लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ