News Category 2070/03/31
मधेशी नेताहरुलाई भौतिक कार्वाहीको चेतावनी
दैनिक संवाददाता
राजविराज, ३० असार ।
मधेशमा खुल्ला राजनीति गर्ने नेताहरुलाई मधेशकै एक सशस्त्र समूहले भौतिक कार्वाहीको धम्की दिएका छन् । राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले मधेस केन्दीत दलहरुका सात शीर्ष नेता तथा तिनका जिल्ला र केन्द्रीयस्तरका नेतामाथि भौतिक कारबाही गर्ने चेतावनी दिएको हो ।
मोर्चाले मधेस केन्द्रीत दलहरुलाई दश दिनभित्र मधेसबाट पार्टी कार्यालय हटाउन तथा राजनीतिक गतिविधिमाथि रोक लगाउन चेतावनीसहित भौतिक कार्वाहीको चेतावनी दिएको हो । मोर्चाले प्रेस बिज्ञप्ती जारी गरी चेतावीलाई वेवास्त गरी पार्टी कार्यालय नहटाइए कार्वाही गर्ने जनाएको छ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादव तथा संघीय सद्भावनाका अध्यक्ष अनिल झासँगै उनीहरुको नेतृत्वमा रहेका पार्टीहरुका जिल्ला तथा केन्द्रीय नेताहरुमाथि भौतिक कारबाही गर्ने चेतावनी मोर्चाले दिएको छ । विज्ञप्तीमा आगामी साउन ५ गतेदेखि मसान्तसम्ममा मधेस केन्द्रीत यी दलहरुलाई मधेसबाट विस्थापित गराउने दाबी समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ