News Category 2081/02/09
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजनीतिक स्थायीत्व कायम रहोस भन्ने उद्देश्यले वर्तमान सरकारलाई समर्थन गरेको बताएका छन् ।
बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए । “सिरोहिया जनकपुरको वासिन्दा हो भनेर सबैलाई थाहा भएकै कुरा हो, उनले भने, एउटै नम्बरको दुई वटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने ब्यक्तीको होइन, नागरिकता दिने प्रशासनको हो ।”
सोधपुछबाटै अनुसन्धान कार्य सुरु गर्न सकिने अवस्था रहे पनि गिरफ्तार नै गरिनु अचम्म र निन्दनीय विषय भएको उनको भनाई छ ।
कार्यक्रममा सो वडाका पूर्वअध्यक्ष शम्भुप्रसाद यादव (लाली) लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका २ सय भन्दा बढी नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष नेपालले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिवालय सदस्य पुर्व मन्त्रि रामचन्द्र झा, मधेश प्रदेशका कृषि मन्त्री गोविन्द न्यौपाने, पुर्वमन्त्री रामचन्द्र यादव लगायतले पनि देशको वर्तमान अवस्था र पार्टीको भुमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै बुधबारै जिल्लाको राजगढ गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ