News Category 2081/02/18
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको मेयरकप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रवारदेखि राजविराजमा सुरु भएको छ ।
प्रतियोगिताको छैठो संस्करण स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले ब्याटिङ, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बलिङ तथा तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विकेट किपिङ गर्दै उद्घाटन गरेका छन ।
प्रतियोगितको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कंचनरुप राइनोजलाई २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गर्ने अवसर पाएको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ८८ रन जोडेको थियो । जसमा सुमित नेवारले सर्वाधिक ४२, भिम सार्की ३०, राज बर्मा २६ र विशाल पटेलले १९ रनको योगदान दिए । बलिङतर्फ कंचनरुप राईनोजका उमेश चौधरी र राहुल मण्डलले ३÷३ तथा रासिद खान र दिनेश अधिकारीले १÷१ विकेट हात पारे ।
एक सय ८९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको कंचनरुप राईनोज १९.४ ओभरमा १ सय ६५ रन मै समेटिएको थियो । कंचनरुपका लागी रासिद खानले सर्वाधिक ४७ दिनेश अधिकारीले ३१ र चित्र बहादुुर विष्टले २३ रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ताका विशाल पटेल सर्वाधिक ४ विकेट लिए । यस्तै एमडी सोहेलले ३ र सुमित नेवारले २ विकेट हात पारे । उक्त खेलको म्यान अफ द म्याच छिन्नमस्ता लायन्सका विशाल पटेल घोषित भए ।
प्रतियोगितको विजेता टिमले ट्रफीसहित ३ लाख र उविजेताले १ लाख ५० हजार रुपैया नगद पुरस्कार पाउने छन् ।
राजविराज नगरपालिकाको सहयोग, नेपाल क्रिकेट संघ (क्यान) र मधेश प्रदेश क्रिकेट संघको समन्वय तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा अन्य केही पालिका र संघ संस्थाले समेत सहयोग गरेको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
जेठ २८ सम्म चल्ने प्रतियोगितमा राजविराज राजदेवी ११, बलानविहुल सुपर किङ्स, तिरहुत टाइगर्स, सनराईज एलेवन तिलाठी कोइलाडी, कंचनरुप राईनोज र छिन्नमस्ता लायन्स गरी कुल ६ टिमको सहभागिता रहेको आयोजक समितीका सचिव चन्दन यादवले जानकारी दिए ।
यस अघि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ