News Category 2081/02/28
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुका लागि पुनःएकीकरण गर्ने उद्देश्यले राजविराज नगरपालिकाको आयोजनामा सामुदायिक स्तरमा सन्देश फैलाउने उद्देश्यले जनचेतनामूलक ¥याली निकालिएको छ ।
रेमी परियोजना अन्तरगत “स्थानीय स्तरमा फिर्ति र पुनःएकीकरण योजना सन्देश फैलाउन सामुदायिक सत्र” नाराका साथ सो ¥याली सोमबार राजविराज वडा नं. १ मा निकालिएको हो ।
परियोजनाका रोजगार परामर्शकर्ता शिवबिलास यादवले वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका ५० वर्ष मुनीका व्यक्तिहरुलाई पुनःस्थापना गराउने परियोजनाको उद्देश्य रहेको बताए । उनले भने, “परियोजनाले सीप अनुसारकै रोजगारीका लागि परामर्श दिने कार्य गरिरहेको छ, रोजगारीका लागि विदेश गएका व्यक्तिहरुले केही सीप सिकेर फर्केका हुन्छन् । पुनः विदेश नजाने मनिस्थितिमा रहेकाहरुलाई सिकेकै सीप अनुसार स्थानीयस्तरमा रोजगारका लागि पुनःस्थापित गराउन मद्दत गर्छौं ।”
हाल विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने कार्य जारि रहेको र सो तथ्याङ्क संकलन भएपछि उनीहरुको सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने लक्ष्य लिएको रोजगार संयोजक ज्योतिष यादवले बताए ।
राजविराज नगरपालिकाको सहयोगमा उक्त परियोजना हाल राजविराज नगरपालिका वडा नं. १ र ९ मा संचालनमा छ ।
आयोजित ¥यालीमा वडा नं. १ निमित्त वडाअध्यक्ष खेलानन्द यादव, रोजगार परामर्शकर्ता शिवबिलास यादव, रोजगार संयोजक ज्योतिष यादव, स्थानीयवासी महिला तथा पुरुषको सहभागिता थियो । सोही ¥याली आइतबार राजविराज वडा नं. ९ मा निकालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ