News Category 2081/03/04
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
औषधी उपचार गराउन नसकेर पाँच वर्षदेखी फलामे सिक्रिमा बाँधेर राखिएका एक युवकको मंगलबार उपचारका लागि उद्दार गरिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरीका माइला छोरा २२ वर्षिय प्रविणलाई मानव सेवा आश्रम जनकपुर नामक संस्थाले उद्दार गरेको हो ।
प्रविणको खुटामा बाँधिएको फलामे सिक्रि मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादवले खोलेका थिए ।
सडकलाई अलपत्र परेका मानवबाट मुक्त र उनीहरुको उपचार गराई उचित व्यवस्थापन गर्ने क्षेत्रमा क्रियाशिल सो संस्थाले उनलाई उपचारका लागि उद्दार गरेको जनाएको छ ।
मंगलबार उनको घरमै पुगेको आश्रमको सचिव सुमन बर्तौला, आश्रमका मधेश प्रदेश इन्चार्ज विवेक महतो, आश्रमका प्रतिनिधि सन्तोष थापामगर, इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरल लगायतको टोलीले उनको उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रम जनकपुर लगेका छन् ।
उद्दारका क्रममा मधेश प्रदेशका वन राज्य मन्त्री रन्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको पनि उपस्थिति रहेको थियो ।
सुस्त मनस्थितिका आफ्ना छोरालाई आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर एकल महिला समेत रहेकी ६५ वर्षिया आमा एश्वरीले विगत ५ वर्षदेखी छोरा प्रविणलाई खाटमा फलामे सिक्रिले बाँधेर राख्न बाध्य भएकी थिइन् ।
सुस्त मनस्थितिका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर कसैसँग झै झगडा नगरोस् भनेर यसरी सिक्रिले बाँधेर राख्नु परेको आमा एश्वरीले बताउँदै आएकी थिइन् । यसरी सिक्रिमा बाँधिएर जिवन बिताइरहेका प्रविण बारे समाचार राजविराज दैनिकमा प्रकाशन भएपछि ध्यानाकर्षण भई उनको उद्दारसहित उपचार ब्यवस्था मिलाउने तयारी भएको आश्रमका मधेश प्रदेश इन्चार्ज महतोले बताए ।
१७ वर्षको उमेर हुदा अचानक छोरा सुस्त मनस्थिती रोगले पीडित भएका थिए । सो विपतले आफूलाई परेको तनाव कम नहुँदै त्यसको केही दिनपछि नै जेठो छोरा रविन पनि वेपत्ता भएको उनले बताइन् । रवीनको अवस्था हालसम्म अज्ञात छ ।
कान्छो छोरा संतोष भने हाल काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । एउटा छोरा सुस्त मनस्थितीले विरामी र अर्काे वेपत्ता भएपछि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि चौधरी परिवारमा अर्को विपत्ति आइप¥यो । छोराहरुको शोक मै उनको निधन भएको एश्वरी बताउँछिन ।
१५÷१६ वर्ष सम्मका हुदाँ छोरा स्वस्थ्य र फुर्तिलो भएपनि १७ वर्षको लाग्दा अचानक समस्या देखिन थालिएको उनले बताईन । सम्पतीको नाममा उनको ३ धुरमा बनेको फुसको २ वटा झुप्रो छन । समस्या परेका वेला सोही जग्गा देखाएर उनले गाउँ कै एक बचत सहकारी संस्थाबाट ५ हजार ५ सय रुपैया ऋण सापटी पनि लिएकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ