News Category 2081/03/17
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
पुनःनिर्माण अवस्थामा रहेको हुलाकी सडक अन्तरगत राजविराजस्थित राममन्दिरदेखी छिन्नमस्ता डेरीसम्मको सडकखण्ड निर्माण सामग्री थुपारेर पानीको बहाव र सबारीसधान समेत चलाउन नसक्ने अवस्थामा पु¥याएपछि पुलमा काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
सडक निर्माणका लागि पटक–पटक सम्बन्धित निकायलाई घचघचाउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले बिरोध स्वरुप सोमबार स्थानीयहरुले पुलमा काठले घेरेर सडकमा ढुंगा जम्मा गरि आवतजावत ठप्प पारेका छन् ।

सो सडक खण्ड विगत एक वर्षदेखी निर्मार्णाधीन अवस्थामा रहेको छ । गत असार महिनादेखी सो सडकखण्डको निर्माण गर्ने जिम्मा पाएको रौता निर्माण कम्पनीले ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।
सडक निर्माण हुन नसक्दा वर्षाको समयमा पानी जम्ने र अन्य बेला धुलो उड्ने गरेकाले स्थानीयवासीले सास्ती व्यहोर्नु परिरहेको छ । खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या भइरहेको भन्दै स्थानीयवासी जितेन्द्र गुप्ताले खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको बताए ।
सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको रौता निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको उनको भनाई छ ।
सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालिन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट अस्पताल पु¥याउन पनि सास्ती भएको स्थानीयको गुनासो छ । सडकमा दर्जनौं खाल्डाखुल्डी छन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले आफुले भर्खर मात्र यस बारे जानकारी पाएकोले ठेकेदार कम्पनी सँग कुरा गरेर काम सुचारु गराउने बताइन् । यता सडक निर्माणको ठेक्का लिएको रौता कन्स्ट्रक्सनका देवेन्द्र दाहालले कंक्रिट खसालै लगत्तै विगत तीन दिन देखि वर्षा भएकोले काम रोक्नु परेको बाध्यता सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ