News Category 2077/12/31
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
घरायसी काम र चुलोचौकामा मात्र सीमित भएका महिलाहरू पछिल्लो समय सानोतिनो व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न अग्रसर बनेका छन ।
राजबिराजमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएसंगै स्वरोजगार बन्न थालेका महिलाहरूलाई अहिले अगरबति तालिमबाट प्रेरित भई स्वरोजगार बन्न आत्मबिश्वास बढेको छ ।
घरायसी काम मात्रै समय खर्चिदै आएका महिलाहरू पछिल्लो समय विभिन्न व्यवसायमार्फत आर्थिक उपार्जनमा जोड्दै आम्दानी गर्ने तर्फ अग्रसर भएका छन् ।
राजबिराज नगरपालिकाको सहयोगमा तथा हाम्रो नेपाल सहयोगी संस्थाद्वारा आयोजना गरिएको अगरबति तालिमले महिलाहरू अगरवती ब्यवसाय गर्न होसिएका हुन ।
अगरबत्ती बनाउँदा प्रयोग हुने सिन्का चिर्ने, बेल्ने मेसिन र कबर खोल छपाई गर्न स्थानीय सरकारले सहयोग गरेमा छोटो समयमा कम लगानीमा धेरै उत्पादन गर्न सकिने र सस्तो पनि पर्ने र आफुहरूको व्यवसाय गर्न सहज हुने सहभागी सीता देबी साहले बताउछन् ।
यता राजबिराज वडा ४ का वडा अध्यक्ष मोहम्मद अख्तरले अगरबत्ति ब्यवसाय गर्नका लागि १० लाख रकम छुटयाउने प्रतिबद्धता गरे । उनले महिलालाई आत्मनिर्भर बनाई स्वरोजगार बनाउनका लागि महिलाहरूले अगरबत्ति ब्यवसाय गर्नका लागि समुह बनाएर ब्यवसाय संचालन गर्न अनुरोध पनि गरे ।
मंगलवार तीन दिने अगरबत्ति तालिमको समापन्न कार्यक्रममा राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष मोहम्मद अख्तर, नेपाल पत्रकार महासँघ सहसचिव चन्दनकुमार यादब, राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादब, हाम्रो नेपाल संस्थाका अध्यक्ष बब्लु मिया, प्रशिक्षक मनोज यादब, जयन्तीईन्द्रा कन्या माबि बिद्यालयका संचालक संजय शुक्ला, वडा कार्यालय सहयोगी प्रकाश चौधरी, तालिमका सहायक प्रशिक्षक नगमा शेख, हाम्रो संस्थाका संतोष दास, लगायतले महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग पुर्याउने बताए । उक्त तालिममा राजबिराज वडा ४ का ३० जना महिलाहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ