News Category 2078/05/03
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’
दैनिक समाचारदाता
काठमाडौं, ३ भदौं ।
‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु भएको छ । सो अभियानको पूर्वप्रधान सेनापति रूक्माङ्गद कटवालले बिहीबार एक कार्यक्रमबीच ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा उद्घाटन गरेका हुन् ।
जुम प्रविधिमार्फत देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तक जोडिएको अभियानको उद्घाटन गर्दै उनले नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य रहेको बताए ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका नेपाल प्रहरीका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने उदघोष गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे ।
त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ