News Category 2079/06/22

धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 

दैनिक समाचारदाता

धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा संचालित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिवल कप प्रतियोगिताको उपाधी धनुषाले जितेको छ ।    
    शनिबार सम्पन्न अन्तिम प्रतिष्पर्धामा धनुषाले मोरङलाई पराजित गर्दै उपाधी जितेको हो । जितसँगै धनुषाले एक लाख नगदसहित ट्रफि प्राप्त गरेको छ । उपबिजेतामा सीमित मोरङले ५० हजार नगदसहित ट्रफी प्राप्त ग¥यो । 
    बेस्ट अफ फइभ खेलमध्ये सुरुका दुई÷दुई खेल दुबै टिमले जिते पनि पाचौं र अन्तिम संघर्षपूर्ण खेलमा धनुषाले जित निकाल्दै उपाधी जितेको हो । 
    प्रतियोगिता समाप्तिपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायतले बिजेता÷उपबिजेता टिमलाई पुरस्कार प्रदान गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट